पर्सा– २ वर्षअघि पर्सामा हत्या गर्ने दुई युवक पक्राउ परेका छन्। भारत विहार मोतिहारी जिल्ला रक्सौल थाना महदेवा ग्राम पंचायत–८ बस्ने ३३ वर्षीय सुरेश यादव र सोही ठाउँ बस्ने ४३ वर्षीय राजकुमार साह तेलीलाई पर्साको वीरगंज महानगरपालिका–१९ तिवाले पुलबाट आइतबार प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले २०७१ बैशाख ९ गते वीरगंज महानगरपालिका–१६ नगवा बस्ने भारत बिहार जिल्ला रक्सौल थाना पुर्वी चम्पारण नोनियाडिह ग्राम पंचायत–१० का प्रमोद साह तिरहालाई हत्या गरेका थिए। धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारी बाराको मुसहर्वास्थित खेतमा फालेको अवस्थामा शव फेला परेको कर्तव्यज्यान मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा उक्त ठाउँमा फेला पारी प्रहरीले पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। उनीहरुमाथि बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।