काठमाडौं– सात वटै प्रदेशले पहिलो बैठक सम्पन्न गरिसकेको छ। सबै प्रदेशसभाले आन्तरिक कार्यविधि पारित गर्नुका साथै सभामुखको निर्वाचन तय गरेका छन्।
सातमध्ये चार वटा प्रदेशले माघ २९ मा सभामुख पाउने छन्।
प्रदेश १
प्रदेश १ मा सभामुखको निर्वाचन माघ २९ गते हुने भएको छ। माघ २२ मा बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुखको मिति तय गरेको हो। बैठकले फागुन ३ गते उपसभामुखको निर्वाचनको मिति निर्धारण गरेको छ।
प्रदेश २
यो प्रदेशमा फागुन २ गते सभामुखको निर्वाचन हुने छ। माघ २१ मा प्रदेशसभाको पहिलो बैठक बसेको थियो। प्रदेशको कार्यव्यवस्था परामर्श समितिको माघ २९ मा बस्ने बैठकले सभामुखको निर्वाचन तालिका निर्धारण गर्ने छ। सोही दिन १ बजे बस्ने प्रदेशसभाको बैठकमा सो तालिका प्रस्तुत गरिनेछ।
प्रदेश ३
यो प्रदेशमा सभामुखको निर्वाचन माघ २७ का लागि तोकिएको छ। प्रदेशसभाको माघ १८ गते बसेको पहिलो बैठकले २७ गतेको लागि दोस्रो बैठकको मिति तय गरेको थियो।
प्रदेश ४
माघ २२ मा बसेको पहिलो बैठकले सभामुखको निर्वाचन फागुन ३ मा गर्ने निर्णय गरेको हो। उपसभामुखको निर्वाचन भने फागुन ६ गते गर्ने कार्यक्रम छ।
प्रदेश ५
यो प्रदेशको पहिलो बैठक माघ २१ मा बसेको थियो। अर्को बैठक फागुन २ गतेका लागि आह्वान गरिएको छ। फागुन २ गते नै समामुखको निर्वाचन गरिनेछ। बैठकले सभामुख र उपसभामुख चयनका लागि ५ सदस्यीय समिति पनि गठन गरेको छ।
प्रदेश ६
यो प्रदेशमा माघ २९ मा सभामुखको निर्वाचन हुनेछ। माघ २१ मा बसेको पहिलो बैठकले सभामुखको निर्वाचनको मिति तय गरेको हो।
प्रदेश ७
यो प्रदेशमा पनि सभामुखको निर्वाचन माघ २९ गते नै हुने छ। माघ २१ मा बसेको पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।