काठमाडौं– फेसबुकबाट चिनेका व्यक्तिलाई विश्वास गर्दा एक व्यक्तिबाट १४ जना युवती ठगिएका छन्। सिन्धुपाल्चोकको हेलम्बु घर भएका सुलभ पण्डित क्षेत्रीले बिहे गरेर अमेरिका लैजाने भन्दै साढे एक करोड रुपैयाँ ठगी गरेको जानकारी प्रहरीले दिएको छ।
आफू अमेरिकन आर्मी भएको र अमेरिकामा लगेर जागिर लगाइदिने भन्दै उनले ठगी गरेको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
क्षेत्रीले फेसबुकमा मनिष बस्नेत, नरेन्द्रबहादुर पण्डित जस्ता नाम राखेर ठगी गर्दै आएका थिए। उनलाई प्रहरीले गोकर्णबाट पक्राउ गरेको हो। उनले १४ जनाबाट १ करोड ५० लाख रुपैयाँ ठगी गरेका थिए।
उनी विरुद्ध विगतमा पनि ४ करोड ९५ लख ठगी गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भइसकेको अनुसन्धानमा खुलेको छ।
उनले धेरैजसो महिलाहरुलाई ठगी गरेका छन्। केही महिलासँग त कोर्ट म्यारिज समेत गरेका थिए। पछि पैसा लिएर फरार भएपछि पीडितहरु सिआइबीमा गएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।