काठमाडौं- नेपाली कांग्रेसको प्रदेश नम्बर २ को संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन्। कांग्रेसको प्रदेशसभा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो। प्रदेश २ मा कांग्रेसका १९ सांसद छन्।
पहिलो संविधानसभामा सांसद समेत रहेका यादव धनुषा जिल्लाका सभापति समेत रहिसकेका छन्।
संसदीय दलको नेता चयन भएलगत्तै नेपाल लाइभसँग कुरा गर्दै यादवले प्रादेशिक सरकार गठनमा आफूहरु खुला रहेको बताए। राजपा र फोरमले सरकार गठनमा प्रस्ताव गरे त्यस विषयमा छलफल गर्न सकिने यादवको धारणा छ।
‘जनताले हामीलाई प्रतिपक्षमा बस भनेर म्यान्डेट दिएका हुन्। तर, मधेसकेन्द्रित दलसँग हामीले यसअघि समेत सहकार्य गर्न खोजेको हो। अहिले पनि सहकार्य गर्न हामी तयार छौं’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।