१ सलमान अभिनित धेरै फिल्म सुपरहिट भएका छन्। ‘मैने प्यार किया’, ‘पत्थझर के फूल’, ‘साजन’, ‘अन्दाज अपना अपना’, ‘हम आपके है कौन’, ‘करन अर्जुन’, ‘खामोशी’, ‘जुडवा’, ‘प्यार किया तो डरना क्या’, ‘बन्धन’, ‘बिबी नं १’, ‘हम दिल दे चुके सनम’, ‘हम साथ साथ है’, ‘दुल्हन हम ले जाएगें’, ‘तेरे नाम’, ‘गर्व’, ‘मुझसे शादी करोगी’, ‘नो इन्ट्री’, ‘क्यूं की’, ‘पार्टनर’, ‘दबंग’, ‘बडीगार्ड’, ‘एक था टाइगर’, ‘दबंग २’, ‘किक’, ‘सुल्तान’, ‘बजरंगी भाइजान’, ‘प्रेम रतन धन पायो’ रहेका छन् भने अहिले हलहलमा लागिरहेको ‘टाइगर जिन्दा हे’ पनि सलमानको हिट फिल्म दरिनेमा शंका छैन।
२ सलमान मुख्य भूमिकामा डेब्यु फिल्म ‘मैने प्यार किया’लाई अंग्रेजीमा ‘वेन लभ काल्स’ नाममा डब गरिएको थियो। जुन गयानाको क्यारिबियन मार्केटमा सबैभन्दा हिट फिल्म पनि हो।
३ उनको करिअरको सबैभन्दा उत्कृष्ट फिल्म मानिन्छ फिल्म ‘तेरे नाम’।
४ सन् २००९ मा आएको ‘वान्टेड’ फिल्म उनको करिअरको एक मुख्य टर्निङ प्वाइन्ट थियो। ‘वान्टेड’पछि उनी एक्सन सुपर स्टारसमेत बने।
५ सन् २०१० मा रिलिज फिल्म ‘दबंग’ले कमाइका सबै रेकर्ड तोडेको थियो।
६ सलमानले कैटरिना कैफ, असिन, सोनाक्षी सिन्हा, अर्जुन कपुर, हिमेश रेशमिया जस्ता धेरै व्यक्तिलाई सलमानले नै सुपरस्टार बनाएका हुन्।
७ ‘बिइङ ह्युमन’ नामक एक एनजिओ सञ्चालकसमेत रहेका सलमान त्यसबाट प्राप्त मुनाफाको सम्पूर्ण रकम गरिब दुःखीको सहयोगका लागि खर्चिने गर्छन्।
८ टिभीको दुनियाँमा पनि उतिकै चर्चित सलमान सन् २००८ मा सोनी च्यानलबाट प्रसारित हुने ‘दस का दम’का सञ्चालक हुन्। जसले टिआरपीका सबै रेकर्ड तोडिदिएको थियो।
९ सलमान सन् २०१२ जनवरी मा ४ सय कैदीलाई जेल मुक्त गराएका थिए। यसका लागि ४ सय मिलियन खर्चिए। जरिवाना तिर्न नसकेर जेल गएकाहरुको उनले जरिवाना भुक्तान गरेका हुन्।
१० अगस्ट २०११ मा सलमान खान एक यस्तो खतरनाक बिरामबाट पीडित बनेका थिए । उनलाई ट्राइजेमिनल न्यूरालजिया भएको थियो एक अन्तर्वार्तामा सलमानले भनेका थिए कि त्यस्तो रोग अरु कसैलाई पनि नलागोस्।
११ सन् २००४ मा युएसएको पिपुल म्यागजिनले सलमानलाई दुनियाँको सातौं ह्यान्डसम पुरुषसमेत घोषित गरेको थियो।
१२ सन् २००८ मा सलमानको व्याक्सको मूर्ति लण्डनको म्याडम तुसाद संग्रहालयमा राखिएको थियो र सन् २०१२ मा फेरि एकपटक व्याक्सको दोस्रो मूर्ति न्युयोर्कको म्याडम तुसाद संग्रहालयमा राखिएको थियो।
१३ फोर्ब्सका अनुसार, २०१७ मा सर्वाधिक कमाइ गर्ने बलिउड अभिनेताको सूचीमा सलमान पहिलो नम्बरमा छन्। २०१७ मा उनले भारु २ सय ३२ करोड आर्जन गरेका छन्।
१४ उनी सधै नै हातमा एक निलो रंगको ब्रासलेट लगाउने गर्छन्। उनी यसलाई आफ्नो लागि लक्की मान्ने गर्छन्।
१५ यौवन अवस्थामा सलमान केटी गिज्याउने सवालमा पनि निकै माहिर थिए। उनी केटीहरुसँग निकै हाँसोठट्टा गर्थे। स्कुलमा उनी यस्तै कार्य गर्नेमा बढी चर्चित थिए।
१६ सलमान धर्मेन्द्रका फ्यान हुन्। उनले धर्मेन्द्रसँग ‘प्यार किया तो डरना क्या’मा सँगै काम गरेका थिए। धर्मेन्द्रले यो फिल्ममा काम गर्नका लागि कुनै पैसा लिएका थिएनन्।
१७ ‘बाजिगर’मा सलमानलाई फिल्म खेल्न अफर गरिएको थियो। उनले नकारात्मक चरित्र नगर्ने भनेपछि शाहरुख खानलाई सो भूमिकामा दिइयो। शाहरुख यही फिल्मबाट सुपरस्टार भए।
१८ सलमान बिएमडब्लु, मर्सिडिज बञ्ज र ल्याण्ड क्रुजर गाडी चलाउन मन पराउँछन्।
१९ सलमान साबुनका निकै सौखिन छन्। बाथरुममा हरेक किसिमका साबुन सजाएर राख्ने उनको बानी छ। उनी विभिन्न वनस्पति र फलफूलको बास्ना आउने साबुन मन पराउँछन्।
२० सलमान चिनियाँ खानाको पारखी हुन्। मुम्बईस्थित चिनियाँ गार्डेन उनको नियमित खानपानको थलो मानिन्छ।
२१ उनीसँग देखिएका विभिन्न नायिकासँग प्रेमको चर्चा भए पनि सलमानले अहिलेसम्म विवाह भने गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।