काठमाडौं- अनमोल केसीको बहुप्रतीक्षित फिल्म ‘कृ’ को नयाँ गीत सार्वजनिक गरिएको छ।
सार्वजनिक गरिएको ‘जानी नजानी माया’ बोलको गीतको भिडियोमा स्कटल्यान्डका रमणीय दृश्य समेटिएको छ।
फिल्मले यसअघि 'यति यति पानी' बोलको गीत सार्वजनिक गरेको थियो। गीतले चर्चा कमाउनुका साथै लामो समय युट्युबको ट्रेन्डिङमा समेत रहेको थियो।
फिल्ममा अनमोलको जोडीका रुपमा अदिती बुढाथोकीले नेपाली फिल्ममा डेब्यू गर्दै छिन्। अन्य कलाकारमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल लगायतको अभिनय छ।
सुवास इन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मको सहकार्यमा निर्माण भएको फिल्म माघ २६ गते रिलिज हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।