• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'छोरी ढुक्क थिई, के थाहा यस्तो प्लान बनाउँदै रहेछ'

64x64
नेपाल लाइभ शनिबार, भदौ २१, २०७६  १६:३५
1140x725

काठमाडौं- शनिबार बिहान साढे ८ बजे। कीर्तिपुर अस्पतालको बर्न सेन्टर। सिमोन्स वार्डको बेड नं ५ मा सुतिरहेकी छिन्, वीरगन्ज महानगरपालिका-३ छपकैयाकी १४ वर्षीया मुस्कान खातुन। नाम मुस्कान, तर अहिले उनको मुस्कान हराएको छ। हाँसो खोसिएको छ।

अनुहारको दायाँ भाग, घाँटी, छाती र हात जलेका छन्। दायाँ आँखासमेत प्रभावित बन्न पुगेको छ। एकछिन उभिँदा पनि असहज हुन्छ उनलाई। 

यति असह्य पीडाका बावजुद पनि उनका आँखामा आशाको किरण देखिन्छ। अबोध आँखामा जमेको पोखरीबाटै थाहा हुन्छ, उनी धेरै कुरा भन्न खोजिरहेकी छन्। तर, सक्दिनन्। 

कहिल्यै स्कुल नछुटाउने पढाइमा अब्बल मुस्कान सायद सोचिरहेकी छन्– के फेरि म उसरी नै स्कुल जान पाऊँला! साथीहरुसँग पहिलेजसरी नै रमाएर हाँस्न खेल्न सकूँला!

OOO

सदाझैं मुस्कान शुक्रबार बिहान ६ बजे घरबाट स्कुल जानका लागि हिँडिन्। घरबाट करिब १५ मिनेट पैदल दुरीमा छ, उनी पढ्ने त्रिभुवन हनुमान मावि। जहाँ उनी कक्षा ९ मा पढ्छिन्। 

गणेशमान सिंह चोक पुग्दै मात्र थिइन्, एक्कासि उनको अनुहार ताकेर तरल पदार्थ प्रहार भयो। तत्काल चहर्‍याउन थालेपछि उनी चिच्याउन थालिन्। वरिवरिका मानिसहरु जम्मा भए। उनका साथीहरु पनि आइपुगे। उद्धार गरेर उनलाई नारायणी अस्पताल पुर्‍याइयो। मुस्कानका बा-आमालाई उनका साथीले फोन गरेपछि आत्तिँदै उनीहरु पनि अस्पताल पुगे।

घटना सुन्नासाथ आमाबुवा दुवै घरमै रहेछन्। 'नसोचेको खबर सुन्नासाथ एकछिन त हाम्रो सातो नै गयो,' कीर्तिपुर अस्पतालमै छोरीको उपचारमा आएका मुस्कानका बुवा रसुल अलीले भने। अस्पताल पुग्दा छोरीको त्यो हालत देखेर कुन आमाबुवाको मन नरोला? 

nimb
nimb
Ncell 2
Ncell 2

चिकित्सकको सुझाव अनुसार खातुनलाई नारायणी अस्पतालबाट काठमाडौं रेफर गरियो। 

बुवा रसुलका अनुसार वीरगन्जबाट शुक्रबार बिहान ९ बजे एम्बुलेन्समा हिँडेका उनीहरु दिउँसो ३ बजे कीर्तिपुर अस्पताल आइपुगेका थिए। यहाँका चिकित्सकले मुस्कानको स्वास्थ्य जाँच गरेपछि अहिले सिमोन्सको क्याबिन वार्डमा राखिएको छ।

स्वास्थ्यकर्मी पुग्दा आमा सहनाजले मुस्कानलाई पानी पिलाउँदै थिइन्। रातभर ननिदाएका उनका आँखा लोलाएका देखिन्थे। 

यी आमाबुवाको अनुहारमा थकान र हतास मात्रै होइन आक्रोशको मिश्रण पनि देखिन्छ, बेलाबेला। छोरीको स्याहारमा कमी हुन दिएका छैनन्। सान्त्वनाका हात बेलाबेला मुस्कानको निधारमा पुगिरहन्छ।

मुस्कानलाई एसिड प्रहार गर्ने १६ वर्षीय सम्साद मियाँ हजाम र उनका साथी माजिद मियाँ अहिले प्रहरी हिरासतमा छन्। प्रेम प्रस्ताव नस्विकारेकाले एसिड प्रहार गरेको सम्सादले प्रहरीसामु स्विकारेका छन्। 

OOO

५ सन्तानमध्ये माइली छोरी हुन्, मुस्कान। उनकी १७ वर्षीया दिदीको बिहे भइसक्यो। बहिनी ५ वर्षकी र दुई जना भाइ १२ र ८ वर्षका छन्। 

मुस्कानका बुवाको आल्मुनियको झ्याल/ढोकाको पसल छ। आर्थिक अवस्था धेरै राम्रो नभए पनि सबै छोराछोरीलाई निकै दु:ख गरेर पढाएको सुनाउँछन्, रसुल। 

उनका अनुसार सम्सादले ६ महिना अगाडिदेखि मुस्कानलाई पछ्याइरहेका रहेछन्। स्कुल जाँदा-आउँदा आफूलाई जहिल्यै जिस्काउने गरेको मुस्कानले बुवालाई एक दिन सुनाएकी रहिछन्। 

'मैले त्यो केटालाई सम्झाइबुझाइ गाली पनि गरेँ यस्तो नगर्नु भनेर। रिसको झोँकमा एक थप्पडसमेत हानेको थिएँ,' बुवा रसुल भन्छन्, 'केही दिनअघि पनि छोरीलाई 'अहिले जिस्काउने गरेको छ कि छैन' भनेर सोधेको थिएँ, छैन भनेकी थिई। के थाहा यस्तो प्लान बनाउँदै रहेछ।'

उनका अनुसार एसिड प्रहार गर्ने व्यक्ति छिमेकी हुन्। २०–२५ मिनेटको दुरीमा उनीहरुको घर छ।

यस्तो घटना पहिले भारतमा हुने गरेको सुनिए पनि नेपालमा पनि देखिन थालेको रसुल बताउँछन्। 'समाज निकै असुरक्षित भइसकेको छ,' उनको माग छ, 'हाम्रो छोरीको यस्तो हाल बनाउनेलाई कडा कारबाही होस्। फाँसी होस्।'

मुस्कानका बुबा-आमा

आमा सहनाजका आँखा पनि रसाइरहेका देखिन्छन्। कुरा गरिरहँदा उनी छोरीको बेडतिर फर्किइरहन्थिन्। 'त्यसलाई त कडाभन्दा कडा सजाय हुनुपर्छ ताकि मेरो छोरीको हालत अरुको छोरीको नहोस्। हाम्रो छोरीले पाएको पीडा अरुले भोग्न नपरोस्,' उनी भन्छिन्, 'छोरीले जति पीडा भोगेको छ, त्योभन्दा बढी अपराधीले भोगोस्। जिउँदै जल्नुजस्तो पीडा अरु के हुन्छ र?'

मुस्कानले आमाबुवालाई भनेकी रहिछन्, 'राम्रै पढाइ गरिरहेको छु। ठूलो भएर जागिर गर्छु र तपाईंहरुलाई धेरै सहयोग गर्छु।'

त्यो आशा रसुल र सहनाजमा अझै बाँकी छ। रसुल भन्छन्, 'पढेर ठूलो मान्छे बन्छु भन्थी। उपचारपछि कस्तो हुने हो। सरकारले उपचार खर्च हेरोस्, उसको पढाइमा सहयोग पुर्‍याओस्।'

डाक्टरकै अनुमतिका मैले उनीहरुसँग कुरा गरिरहेकी थिएँ। त्यहीबेला राउन्ड फलोअपका लागि आए डा अनोज राजकर्णिकार। 

डा अनोज राजकर्णिकारका अनुसार मुस्कानको शल्यक्रिया आइतबार हुनेछ। 'उनको अवस्था अहिले स्थिर छ तर खतरामुक्त भने होइन,' उनले भने। 

पोलिएका बिरामीको उपचार हुने रेफरल अस्पताल हो कीर्तिपुर अस्पताल। सन् २०१८ यता अस्पतालमा ८ जना एसिडपीडित उपचारका लागि आएका अस्पतालकी बर्न टेक्निसियन अफिसर पद्मा महर्जनले बताइन्।   

मुस्कानलाई भेट्न अहिले नयाँनयाँ मानिस आइरहेका छन्। जसका कारण उनलाई झिँजो पनि लागेको छ। त्यसमाथि क्यामेरा लिएर मिडियाकर्मी पुग्दा उनी आत्तिने गरेकी छिन्। सायद सबैको एउटै प्रश्नले उनमा थप पीडा हुँदो हो। 

यत्तिकैमा उनका जिल्लावासी एक जना आइपुगे र तस्बिर लिनका लागि मोबाइल तेर्स्याए। उनकी आमाले फोटो नखिच्न बिन्ती गर्दै थिइन्। उता मुस्कान रुन थालिन्।

उनको पीडादायी चित्कार सुन्नासाथ म त्यहाँ बस्नै सकिनँ। बिदा मागेर निस्कनै लाग्दा उनका बुवाले टिभी खोले। प्राइम टेलिभिजनमा मुस्कानकै समाचार आइरहेको थियो। रिपोर्टमा एसिड प्रहार गर्नेहरु पनि देखिएका थिए। सोचेँ- अचानक आइलागेको यो संकटमा यी आमाबुवाको मनमा के खेलिरहेको होला?

शरीरमा पोलिएको घाउ त बिस्तारै ठिक होला मुस्कानको, तर भित्री घाउमा कहिले खाटो बस्ला? प्रेम प्रस्ताव नस्विकार्दा त्यसको मोल कहिलेसम्म मुस्कानजस्ता किशोरीहरुले चुकाउनुपर्ला? अनि छोरीहरुले कहिलेदेखि समाजमा सुरक्षित महसुस गर्न सक्लान्? 

अस्पतालबाट निस्किएदेखि नै मलाई यिनै प्रश्नहरुले पिछा गरिरहेका छन्।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज र भोलि सर्वोच्च अदालत आंशिक रूपमा खुला
नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित)
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
आज र भोलि सर्वोच्च अदालत आंशिक रूपमा खुला बिहीबार, जेठ १४, २०८३
नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न बिहीबार, जेठ १४, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
पाँचथरको च्याङथापूका २६ घर पहिरोको उच्च जोखिममा बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्