काठमाडौं– आइतबार राती राजधानीका चार घरमा चोरी भएको छ । भक्तपुरका २ तथा काठमाडौंको २ घरमा चोरी भएको हो।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल रातोपाटीस्थित अंगिता स्याङतानको घरबाट आइतबार कोही नभएको अवस्थामा करीब १ लाख ५४ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको छ।
भक्तपुरकै सुर्यबिनायक नगरपालिका–२ बालकोट डेरा गरी बस्ने रामेछाप चिसापानी घर भएकी संगिता कार्कीको कोठाबाट आइतबार नगद ३ हजार ५ सय रुपैयाँ, सुनका विभिन्न गहना र २ थान मोबाईल समेत गरी करीब १ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
उता काठमाडौंको रामहिटी डेरा गरी बस्ने दोलखा बिगु–८ घर भएका लाक्पा शेर्पाको कोठाबाट आइतबार कोही नभएको अवस्थामा सुनका गहना ५ तोला र चाँदी २० तोला गरी करीब २ लाख ९५ हजार रुपैयाँ बराबरको धानमाल चोरी भएको छ।
काठमाडौं महानगरपालिका–१० गणेश मार्गस्थित डेरा गरी बस्ने मोनु शर्माको कोठाबाट पनि चोर िभएको छ। आइतबार राति कोही नभएको अबस्थामा नगद ५ हजार र सुन गहना गरी करीव १ लाख ५ हजार रुपैयाँ बराबरको चोरी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।