काठमाडौं– सुन र हुन्डीको कारोबारमा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन्। शनिबार साँझ झापा जिल्ला बुद्धशान्ति गाउपालिका वडा नं ६ घर भई काठमाडौं किर्तिपुरमा डेरा गरि वस्ने आशिष कार्कीलाई महानगरिय प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनको साथबाट १६ तोला सुन र ५ लाख ६५ हजार रुपैयाँ नगद बरामद भएको वृत्तका डिएसपी मोहन थापाले बताए। पक्राउ परेका व्यक्ति दुबईमा हुन्डी र सुनको कारोबार गर्ने गिरोहमा सदस्य भएको खुलेको छ। बरामद सुन बिदेशबाटै तस्करी गरी ल्याइएको थियो। कारबाही गर्न प्रहरीले कार्कीलाई राजस्व अनुसन्धान बिभागमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।