नयाँ दिल्ली (एजेन्सी)–अक्षय कुमार अभिनीत फिल्म 'प्याडम्यान'को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचारप्रसार तीव्र पारिएको छ।
अक्षयको फिल्म प्रवर्द्धनमा सहयोग गर्दै बलिउड स्टारहरुले सामाजिक सञ्जालमा आ–आफ्नो तस्बिर पोस्ट गर्ने लहर नै चलेको छ। उनीहरुले महिलाहरुले महिनावारीका बेला प्रयोग गर्ने प्याड बोकेर खिचेका फोटोहरु सामाजिक सञ्जालमा अपलोड गरिरहेका छन्।

अक्षय कुमारका साथ सोनम कपुर, राधिका अप्टे लगायत कलाकारहरुको अभिनय रहेको 'प्याडम्यान' फिल्मको प्रमोसन स्वरुप सुरु भएको 'प्याड च्यालेन्ज' स्वरुप अहिले एकपछि अर्को गर्दै बलिउड स्टारहरुले खुलेर प्रमोसन गरिरहेका छन्।

प्याड बोकेर फोटो अपलोड गर्नेहरुमा फिल्मका कलाकारका साथै आमिर खान, आलिया भट्ट, अर्जुन कपुर, अनिल कपुर, अदिती राय हैदरी, आयुष्मान खुराना, दीपिका पादुकोण लागायत रहेका छन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।