मुम्बई (एजेन्सी)– मुम्बईमा चलिरहेको लेक्मी फेशन विक–२०१८ को चौथो दिन भारतीय टेनिस स्टार सानिया मिर्जा पनि र्याम्पमा देखापरेकी छिन्। उनी डिजाइनर अनुश्री रेड्डीका लागि ‘सो–स्टपर’ बनेकी थिइन्। सानियाले र्याम्पमा पिंक कलरको ‘द नेवी ब्ल्यु अफ इन्डिया’ नामक ब्राइडल कलेक्सन प्रस्तुत गरेकी थिइन्।
सानियालाई धेरैले राम्रो लुगा लगाउने खेलाडी मान्छन्। यस विषयमा सानियाले भनिन्, ‘म मात्र त्यही लुगा पहिरिन्छु, जसले मलाई सहज बनाओस्।’
उनलाई फेसन सोकै क्रममा रंगपत्रकारहरूले थुप्रै प्रश्न सोधेका थिए। जसमा आलोचनाबाट उनी कति निरास हुन्छिन भन्ने प्रश्न पनि थियो। जसको उत्तरमा उनले भनिन्, ‘सधै हुन्न। तर, आलोचनाको स्तर कस्तो छ, त्यसलाई लिएर सचेत भने हुन्छु। सोसल मिडियामा हामीले लगाउने लुगालगायत अन्य कुरालाई लिएर कमेन्ट भइरहेको हुन्छ। त्यस्तो विषयलाई खासै महत्व दिन्न।’

उनले तुरुन्त आफ्नो बायोपिक बनाउने विषयमा विचार नगरेको बताइन्। अहिले बलिउडमा बायोपिक बनाउने फेसन नै चलेको छ। उनले आफू खेलमा सक्रिय भएको हुनाले तत्कालै यस विषयमा नसोचेको बताइन्।
करण जोहरको कार्यक्रममा निर्देशक रोहित शेट्टीले सानिया मिर्जामाथि फिल्म बनाउन लालायित रहेको बताएका थिए। सानिया भारतको सर्वोत्कृष्ट अवार्ड पद्म भूषणबाट पनि सम्मानित भइसकेकी छिन्। ब्याडमिन्टन स्टार साइना नेहवाललाई लिएर अहिले बायोपिक बनिरहेको छ। जसमा अभिनेत्री श्रद्धा कपुर नेहवालको भूमिकामा छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।