मुम्बई (एजेन्सी)– बलिउडका व्यापार विश्लेषक रमेश वालाले ४ भारतीय फिल्मको उल्लेख गरेका छन्, जसले अहिलेसम्म ७ सय करोड बढी कमाई गरेका छन्। रमाइलो कुरा यो सूचीमा तीनवटा फिल्म आमिर खानको पर्न सफल भएका छन्।
अहिले बलिउडमा आमिर खान, सलमान खान, शाहरुख खान र अक्षय कुमारको फिल्म सर्वाधिक कमाई गर्ने फिल्मको सूचीमा पर्ने गरेको छ। उनीहरूले अभिनय गरेको फिल्मले सहजै १ सयदेखि २ सय करोडको कमाई गर्ने गर्छ। तर, यो सूचीमा आमिरले अन्य सबै कलाकारलाई पछाडि छोडेका छन्।
विश्वव्यापी कमाईलाई हेर्दा हालसम्म दंगल, बाहुबली, पिके र सीक्रेट सुपरस्टारले मात्र ७ सय करोड कमाई गरेका छन्। दंगल, पिके र सीक्रेट सुपरस्टार आमिर खानको फिल्म हो भने बाहुबलीमा दक्षिण भारतका सुपरस्टार प्रभासको अभिनय छ।
७ सय करोडमा प्रवेश गर्ने फिल्ममा भर्खरै सीक्रेट सुपरस्टार पनि प्रवेश गरेको छ। जसले चीनको बक्स अफिसमा तहल्कै मच्चायो। १९ जनवरीमा चीनमा रिलिज भएको यो फिल्मले ५ सय ५८ करोडको व्यापार गरेको थियो। आमिर खानको दंगलले हालसम्म २ हजार करोड रुपैयाँ कमाई गरिसकेको छ। पिकेले ८ सय करोड कमाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।