काठमाडौं- आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि भन्दै सरकारले ४ वटा पदमार्ग निर्माण, मर्मत तथा सम्भारका लागि बोलपत्र आह्वान गरेको छ।
पर्यटन विभागले 'नेपाल भ्रमण वर्ष २०२०'लाई लक्षित गर्दै ४ वटा पदमार्ग मर्मतका लागि टेन्डर आह्वान गरेको हो।
विभागले महाभारत पदमार्ग (ट्रेल), फूलचोकी-पनौती-नमोबुद्ध, माछापुच्छ्रे नमूना पदर्माग र रानीमहल-अर्घाखाँची( नुवाकोट) रुटको पदमार्ग निर्माण तथा मर्मतका लागि टेन्डर आह्वान गरेको हो।
टेन्डरका लागि विभागले असोज १६ गतेसम्मको समयावधि राखेको छ। जसमा महाभारत पदमार्गको लागि ६७ लाख २५ हजार, फूलचोकी-पनौती-नमोबुद्ध मार्गका लागि ३७ लाख ८५ हजार, माछापुच्छ्रे नमूना पदर्मागका लागि ४२ लाख ७ हजार र रानीमहल-अर्घाखाँची( नुवाकोट) रुटको पदमार्ग निर्माण तथा मर्मतका लागि ६७ लाख ३६ हजार रुपैयाँ (कर बाहेक) अधिकतम मूल्य राखेर टेन्डर गरेको हो।
४ वटै पदमार्ग निर्माणका लागि आवेदन शूल्क ३ हजार रुपैयाँ राखेको छ। यसैगरी बोलपत्र ई–बिडिङमार्फत हुनेछ।
टेन्डरको सूचनाः
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।