काठमाडाै–सिन्धुपाल्चोकको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती सहयोगार्थ ‘कान्छी म्युजिकल नाइट’ सम्पन्न हुने भएको छ।
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित ‘श्वेता श्री’ फाउण्डेसनले माघ २३ गते ‘कान्छी म्युजिकल नाइट’ गर्न लागेको फाउण्डेसनकी अध्यक्ष स्वेता खड्काले नेपाल लाईभलाई जानकारी दिइन्।
काया फिल्म्सको प्रस्तुतीमा बनेको फिल्म ‘कान्छी’को प्रमोसनका लागिसमेत हुन लागेको सो कार्यक्रम दरबार मार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुनेछ। कार्यक्रममा फिल्म ‘कान्छी’को टिमसहित नेपाली फिल्म र सांगीतिक क्षेत्रका दर्जनौं व्यक्तिहरुको सहभागिता रहने बताइएको छ।
फिल्म ‘कान्छी’की निर्मात्री तथा अभिनेत्रीसमेत रहेकी खड्काले अभिनेता दयाहाङ राई, चर्चित गायिका अञ्जु पन्त, संगीतकार तथा गायक राजनराज सिवाकोटी, हाँस्यकवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौंलागाईं, कमेडियन सन्दिप क्षेत्रीले कार्यक्रममा प्रस्तुती दिने जानकारी दिईन्।
त्यसैगरी संगीतकार तथा गायक अर्जुन पोखरेल, गायिका माण्डवी त्रिपाठी, गायक धर्मेन्द्र सेवान, हाँस्यव्यंग्य कलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ, नायिकाहरु अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की तथा नायक विनोद न्यौपानेको प्रस्तुती पनि कार्यक्रमको आकर्षणको रुपमा रहने फाउन्डेसनले जनाएको छ।
‘कान्छी’को रिलिज मिति नजिकिदै जाँदा आयोजना हुन लागेको म्युजिकल नाईटले फिल्मको प्रमोसन र दर्शकसम्म सकारात्मक सन्देश प्रवाह हुनेमासमेत आफु विश्वस्त रहेको खड्काले बताईन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।