काठमाडौं– निजी हवाइ सेवा प्रदायक सीता एयरको ड्रोनियर ९एन–एजेएच कलसाइन भएको विमानले एउटै इन्जिनको भरमा लुक्लादेखि काठमाडौंसम्मको उडान सकुशल गरेको छ।
लुक्लादेखि काठमाडौंका लागि उडान भरेको सीता एयरको जहाजको इन्जिन आकाशमै फेल भए पनि पाइलटले सकुशल काठमाडौं अवतरण गराएका हुन्। तर, उक्त उडानमा चालक दलका सदस्य मात्रै रहेको एयरले जनाएको छ। विमान एयरका अनुभवी पाइलट भरत थापाले उडाएर ल्याएका थिए।
जहाज उडानकै क्रममा प्राविधिक समस्या आए पनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण भएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जनाकारी दिए। जहाज आज बिहान ८ बजेर ५१ बजे काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।