काठमाडौं–फिल्म ‘सुश्री सम्पत्ति’ निर्माण हुने भएको छ। आईतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि निमार्ण टिमले फागुन १५ गतेबाट फ्लोरमा जाने बताएको हो।
निर्देशक सुव्रत आर्चायको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेत्री सारा सिर्पाली र अभिनेता सलोन बस्नेत मुख्य भुमिकामा देखिने छन्।
सम्पन्न परिवारमा जन्मिएकी नारी पात्रको परिवेषलाई मुख्य कथावस्तु बनाएर बन्न लागेको यस फिल्म आगामि तीजलाई लक्षित गरी रिलिज गरिने निर्माण युनिटले जानकारी दिएको छ।
कमेडी जनरामा निर्माण हुने यस फिल्मको अधिकांस छायांकन पोखरामा हुने निर्देशक आर्चायले बताए। अचार्यले भने,‘कथा अनुसार नै फिल्मको नाम जुराइएको छ। जसका लागि साथीहरुको पनि सल्लाह लिइएको थियो।’ कार्यक्रममा फिल्मको नाम जुराउन सहयोग गर्ने सञ्चारकर्मी कृष्ण भट्टराईलाई फिल्म युनिटले १० हजार रुपैयाँ प्रदान गरेको थियो।
सारा र सलोनसहित फिल्म ‘सुश्री सम्पत्ति’मा अभिनेत्री प्रियंका कार्की, राजाराम पौडेल, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहने छ।
फिल्ममा अभिनेत्री प्रियंका कार्कीलाई अतिथि कलाकारको रुपमा मात्र देख्न पाइनेछ। फिल्ममा आफु जोडिनुको कारण बताउँदै प्रियंकाले भनिन्,‘निर्देशक शुव्रत आचार्यको आग्रह र अतिथि भुमिकामा सुहाउने स्क्रिन भएकाले फिल्ममा अभिनय गर्न लागेकी हुँ।’
सुरेश अधिकारीको शब्द तथा संगीत रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहने छ।
रमेश त्वायाना प्रस्तुतकर्ता रहने फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार संयुक्त रुपमा लगानी गर्नेछन्। फिल्ममा अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।