काठमाडौं– चरेस तस्करीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका– २, नागढुंगा स्थित चेक प्वाईन्टमा धादिङबाट काठमाण्डौ आउँदै गरेको बा. २ ख. ८८१९ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा मनवानपुर, थाहा नगरपालिका –३ घर भएको २९ वर्षीय हस्तराम तामाङलाई चरेस सहित प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै, नागढुंगास्थित चेकप्वाईन्टमा विरगंजबाट काठमाण्डौ आउँदै गरेको ना. ७ ख. ४२८ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने भारतको सितवर जिल्ला, खरमादौर घर हुने ३६ वर्षीय भाग नारायण गिरी छन्। उनको साथबाट लुपिजेसिक १९८ एम्पुल, फेनेरागन १९४ एम्पुल, डाईजाल्याव १९४ एम्पुल, नर्फिन ४६ एम्पुल लागुऔषध वरामद गरेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।