• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'सुसाइड नोट अनुसार छोराबुहारी र नातिनीलाई एउटै चिहानमा राखिदियौं'

64x64
नेपाल लाइभ बिहीबार, भदौ १९, २०७६  १६:००
1140x725

काठमाडौं– सेतो कमिज-सुरुवाल। सेतो टोपी अनि सेतै फ्रेम भएको पावरदार चस्मा। निराश अनुहार बोकेर एक वृद्ध बबरमहलबाट लुखुरलुखुर औषधि लिमिटेड नजिकैको वैदेशिक रोजगार बोर्डतर्फ पाइला चालिरहेका छन्।

बोर्डको एक तल्लामाथि जान्छन् र कुर्सीमा थचक्क ज्यान बिसाउँछन्।

हाँसो गायब भइसकेको उनको अनुहार यताउता चलमलाउँछ। 

यतिकैमा कसैले प्रश्न तेर्स्याउँछ, 'बुबाको चाहिँ यहाँ के काम थियो?' 

'खै कसरी भन्नु…?' यति भनेर फेरि उनी मौन रहन्छन्।

मेरो चासो पनि एकाएक उनीतिर तानिन्छ। र, सँगसँगै दिमागमा प्रश्नहरु उम्रन्छन्– को होलान् उनी? वैदेशिक रोजगार बोर्डमा के कामले आए? किन बूढो रुखझैं उदास देखिन्छन् उनी?

म उनीसँग बिस्तारै कुरा गर्न थाल्छु। 

उनी रहेछन्– हर्कराज लिम्बू। उमेर- ७० वर्ष। घर- मोरङको सुन्दरहरैचा-५। उनी छोराको मृत्यु भएपछि क्षतिपूर्ति रकमका लागि बोर्ड आएका रहेछन्। वैदेशिक रोजगारीका क्रममा करार अवधिमै ज्यान गुमाएका कामदारका हकवालालाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता उपलब्ध गराउने गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तीनै जनाको एकैचिहान! 
–ललितलाई सामुद्रिक छालले लपेटेर लग्यो रे… 
–सास छालले नै खोसेछ… 
–लास भेटियो रे… 

एकाबिहानै निकै अपत्यारिलो खबर आयो लिम्बू परिवारमा। त्यो दिन थियो  साउन २६ गते आइतबार।

त्यो छोरा ललितबहादुरले सधैंझैं पठाउने सुखदु:खको खबर जस्तो थिएन। घर आउँदैछु भनेर खुसीपूर्वक पठाएको सन्देश पनि थिएन। थियो त केवल एक जवान छोराले धर्ती छाडेको मुटु चिरिने खबर।

'सुरुमा त पत्यारै लागेन, केही समयपछि परिवारमा रुवाबासी चल्न थालिहाल्यो,' हर्कराज त्यो क्षणलाई एकै वाक्यमा समेट्छन्, 'छोराको मृत्युको खबरपछि बुहारी बेहोस् भएर ढलिन्, झन्डै २ घन्टापछि होस खुल्यो।'

परिवार र आफन्तहरुको आशा आँसुसँगै बगेर अर्थहीन बनिसकेको थियो।

'कसले कसलाई सम्झाउने र सबै बेसुरमा थियौं,' उनी सुनाउँछन्, 'यो खबरपछि आफ्नै सुरकी भएकी थिई बुहारी। हामीसँग केही बोलिन, पानीसमेत मुखमा हालेकी थिइन।'

परिवार शोकमग्न थियो। सहानुभूति दिने साहस कसैलाई जुटेन।

भोलिपल्ट अर्थात् सोमबार बुहारी आफ्नै सुरमा छटपटाइरहेकी थिइन्। कहिले भित्र कहिले बाहिर गर्थिन्। 

साँझ छिप्पिँदै गएको थियो। बुहारी टीका थापा लिम्बू नुहाउन जान्छु भन्दै बाथरुम छिरिन्। बाथरुम छिरेको केही समयपछि टीकाको माइती चितवनबाट भाइको फोन आयो। 

'दिदीले म अब बाँच्न सक्दिनँ भनेर मलाई मेसेज गरेकी छ, कहाँ छ उसलाई खोजिहाल्नु त,' अत्तालिएको स्वारमा टीकाका भाइले फोन गर्छन्।

लगत्तै बाथरुमको ढोका ढकढक्याउँदा भित्र पानी झरिरहेको आवाजबाहेक केही सुनिएन। केही बेरसम्म ढोका नखुलेपछि ढोका फोडियो। भित्रको दृश्यले अर्को बज्रपात आइलाग्यो- लिम्बू परिवारमा।

जहाँ सलको पासो लगाएर झुन्डिरहेकी थिइन् टीका।

हत्तपत्त पासो काटेर घरबाट नजिकैको दीक्षित मेडिकल लगियो, त्यहाँ पुर्‍याउँदा टीकाको धुकधुकी बाँकी रहेकाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइयो। 
चिकित्सकले घोषणा गरे– टीकालाई बचाउन सकिएन।

'बुहारी ७ महिनाकी गर्भवती थिइन्, आफ्नो त ख्याल गरिनन्, पेटभित्रको बच्चाको समेत ख्याल नगर्दा पेट बच्चाले पनि संसार देख्न पाएन,' यतिन्जेल हर्कराजका आँखा लछ्रप्पै भिजिसकेका थिए, 'बुहारीले केही सोचिनन्, थोरै सोचिदिएको भए मेरो बुहारी र छोराको सन्तान त रहन्थे, अब कोही पनि रहेन।'  

ललित र टीका

टीकाले झुन्डिएर आत्महत्या गर्नुअगाडि सुसाइड नोट लेखेकी थिइन्। जसमा भनिएको थियो, 'हामी बूढाबूढी सँगै बाच्न नसके पनि सँगै मर्न त सक्छौं। यसमा कसैको दोष छैन। हाम्रो लासलाई सँगै राखिदिनु।' (यो पनि पढ्नुस्- श्रीमान्‌को मृत्युको खबरपछि श्रीमतीको सुसाइड नोट- हाम्रो लासलाई सँगै राखिदिनु)।

टीकाको सुसाइड नोट अनुसार नै कतारबाट ललितको शव नआउन्जेल उनको शव बिपी अस्पतालमै राखियो। 

ललितको शव नेपाल आइपुग्दा साउन ३१ गते भइसकेको थियो। सोही दिन अस्पतालबाट टीकाको शवसमेत सुन्दरहरैचा ल्याइयो। 

'बुहारीको सुसाइड नोट अनुसार एकै चिहानमा छेउछेउमा छोराबुहारी र बीचमा नातिनीलाई राखिदियौं,' हर्कराजले भने। 

टीकाको पेटमा ७ महिनाको छोरी रहिछन्। पोस्टमार्टमपछि यो खुलेको थियो। एउटै चिहानमा तीन जनाको अन्त्येष्टि भयो साउन ३२ गते।

उमेरले सात दशक कटेका वृद्ध बाले नै छोराबुहारी र नातिनीको अन्तिम संस्कार गर्नुपर्‍यो। सन्तानको खुसीसँगै रमाउन खोजिरहेका हर्कराज यतिबेला बेचैन छन्। बिर्सन कोसिस त गर्छन् तर कसरी सक्नु!

अन्तिम संस्कार गरिसकेर पनि घरीघरी त अपत्यारिलो लाग्छ हर्कराजलाई त्यो घटना अनि आफैंले लगाएको सेतो रङको पहिरन।  

कहिलेकाहीँ सोच्न बाध्य बनाउँछ– १६ वर्षदेखि समुद्र किनारमै रमाउने बानी परिसकेको मेरो छोरालाई समुद्रले पनि किन नचिनेको होला...

केही बेर अडिएपछि उनी शंका गर्छन्, 'मेरो छोरालाई कसैले समुद्रमा हुत्याइदियो कि?' 

उनलाई पत्यार नै लागिरहेको छैन कि समुद्री छालले नै छोरालाई लपेट्यो। 

'परदेशको ठाउँमा आँखाले देखिएन, के भन्ने र खै…' उनी मन बुझाउँछन्, 'देशमै बसेको भए त यस्तो हुने थिएन, मेरो छोरो सँगै हुन्थ्यो।' 

द्वन्द्वकालले उडायो कतार
पुर्ख्यौली थलो धनकुटा रहेका हर्कराजको धनकुटामै  विवाह भयो। उनी र श्रीमती हर्करानीबाट ३ छोरा र २ छोरी गरी ५ सन्तान जन्मिए। 

'विवाहपछि नै श्रीमतीको नागरिकता बनेकाले उसको नाम पनि मेरो जस्तै मिलाएर हर्करानी नै राखेको,' उनी सुनाउँछन्।

खान लाउन पुग्नेगरी पुर्ख्यौली सम्पत्ति छँदै थियो। त्यसैले हर्कराजको कुनै पेसा व्यवसाय थिएन। खेतबारीकै सामान्य काममा अल्झिइरहेका थिए। 

उनका धेरैजसो साथीहरु ब्रिटिस लाहुरतिर जान्थे। 'तँ पनि हिँड्' भनेर कतिले हौस्याउँथे पनि तर उनलाई श्रीमती, छोराछोरी छाडेर कतै जान मन लागेन। 

'परिवारबाट टाढा भएर म त ब्रिटिस लाहुरे बन्न जादिनँ भनेर साथीहरुबाट तर्किन्थेँ। साथीहरुले हुन नसकेको लाहुरे भनेर जिस्काइरहन्थे,' हर्कराज सुनाउँछन्। 

धनकुटाको जीवन खुसीसाथ चलिरहेको थियो। सबै छोराछोरी गाउँकै विद्यालयमा पढ्थे। तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र युद्धको असरले हर्कराजको परिवारलाई पनि छोएको थियो।

घर बस्दा पनि निकै डर थियो। माओवादीले छोराछोरीलाई कहाँबाट कुन बेला जंगल लैजान्छ पत्तो थिएन। द्वन्द्वकालीन समयमा धनकुटामा निकै त्रास बढ्न थालेपछि उनीहरु धनकुटाबाट मोरङ झरेका थिए। 

'धनकुटामा हाम्रो पुर्ख्यौली सम्पत्ति छ, ठाउँ पनि निकै रमाइलो,' उनी भन्छन्, 'त्यताको सम्पत्ति पनि बेचेको छैन।' 

छोरा ललितले धनकुटामै एसएलसीसम्मको अध्ययन सकाएका थिए। 

'दुई छोरीको विवाह भयो, कान्छो सानै थियो इटहरीमै आएर एसएलसी दिएपछि अहिले  घरमै छ,' उनी पारिवारिक विवरण सुनाउँछन्, 'जेठा छोरा पनि खेतबारीकै काम गर्छ। डरैडरमा द्वन्द्वकाल गुजारे पनि परदेश मोह भएका। ऊ यहीँ छ।'

हर्कराजका माइला छोरा ललित भने द्वन्द्वकालको त्रासमा बस्न नसक्ने भएका थिए। अन्तत: देशमा बस्न नसकेपछि कतार उडे उनी। 'त्यही द्वन्द्वकालले गर्दा मेरो छोरो कतार हिँड्यो, १७ वर्षको कलिलै उमेरमा,' हर्कराज छोराको सम्झनामा विगततिर फर्कन्छन्।

छोराको सपना, बुहारीको चाहना
झन्डै १४ वर्षअघि कतार गएका ललित कहिलेकाहीँ बिदा मिलाएर घर फर्कन्थे। परिवारसँग भेटघाट गर्थे। रमाउँथे।

घरबाट कहिल्यै टाढा नपुगेका हर्कराजलाई लाग्थ्यो, छोरो पनि सँगै बसोस् र यहीँ कर्म गरोस्। तर, ललितलाई त्यही खाडीको समुद्र र भव्य सहरले लोभ्याएको हुँदो हो, उनी बिदा सकेर कतार नै फर्कन्थे। 

रोजगारीकै क्रममा कतार पुगेकी चितवनकी टीकाकुमारी थापा र ललितको कतारमै भेट भएको थियो। दुवैको मन मिलेपछि केही वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा थिए। परिवारकै सल्लाहमा सोही प्रेम सम्बन्ध दुई वर्षअघि मात्रै विवाहमा परिणत भएको थियो। 

'छोराले कतारबाट आउँदा बुहारी ल्याएर आएको थियो, हामीले खुसी भएर टीकालाई बुहारीको रुपमा स्विकार गरेका थियौं,' हर्कराज भन्छन्। 

हर्कराजको घर

ललित भन्थे, 'काम राम्रो छ। सजिलो पनि छ। केही वर्ष कमाएर आउछौं। त्यसपछि धरानमा घर बनाएर बस्नुपर्छ।' परिवारलाई यस्तै सुन्दर सपना देखाएर उनी फेरि उडेका थिए समुद्रको देश। 

उनी कतारस्थित अरेबियन टेक्निकल पेट्रोलियम सर्भिसमा जनरल मेनेजरका रुपमा कार्यरत थिए। टीकाको काम पनि राम्रै थियो। कतार पुगेको डेढ वर्षपछि गर्भवती अवस्थामा उनी भने नेपाल फर्किएकी थिइन्। 

धरानमा घर बनाउन सुरु गरिएको थियो। तर, दसैंमा घर फर्किएपछि धरानको घरमा सर्नुपर्छ भनेका ललित परदेशमै अस्ताए। ललितको मृत्युले विक्षिप्त बनेकी टीका ललितसँगै बाँच्न नपाएकाले सँगै मर्न तयार भइन्। 

'न त छोरा रह्यो न बुहारी नै, उसलाई उता समुद्रले निल्यो, यता बुहारी भने…' हर्कराज वाक्य पूरा गर्न सक्दैनन्।

धरानमा बन्दै गरेको ललितको सपनाको घर र बुहारीको सुसाइड नोटले बेलाबेला उनलाई झस्काइरहन्छ। 

'घर पूरै तयार भइसक्यो, अब रङरोगन गर्न बाँकी छ,' भन्छन्, 'छोराबुहारी नै नरहेपछि त्यो घर मात्रै के भएर के गर्नु?'

बुहारीले सुसाइड नोटमा ललितका भाइलाई सम्बोधन गर्दै लेखेकी थिइन्, धरानको घर ललितको ठूलो सपना हो। बाबा, ममीलाई राखिदिनु।

सायद हर्कराज बुहारीको इच्छा र छोराको सपना मार्न चाहन्नन्। एकैछिन सोचेर भन्छन्, 'छोराको पसिनाको कमाइ, सपनाको घर उपहार सम्झिएर अब हामी त्यहीँ सर्छौं होला।' 

हर्कराजले बोर्डबाट आर्थिक सहायता स्वरुप ७ लाख रुपैयाँ लिएका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्