नयाँ दिल्ली (एजेन्सी)– सन् २०१७ को अक्टोबर तेस्रो साता प्रदर्शनमा आएको बलिउड फिल्म 'सिक्रेट सुपरस्टार'ले यतिबेला चीनमा जादु देखाइरहेको छ।
आमिर खान अभिनीत तथा निर्मित फिल्मले दुई सातामै चीनमा भारु ५ सय करोडभन्दा माथिको व्यापार गरेको छ। फिल्मले अहिलेसम्म ५ सय ९ करोड कमाइसकेको बलिउडका व्यापार विश्लेषक तरण आदर्श तथा भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
फिल्ममा आमिरसँगै जायरा वसीमले प्रमुख भूमिका निर्वाह गरेकी छिन्। फिल्मले पारिवारिक बन्धनका कारण लुकेर आफ्नो गायन कला प्रस्तुत गर्ने बालिकाको कथालाई पर्दामा उतारेको छ।
रिलिजको पहिलो दिन नै फिल्मले चीनमा भारतीय फिल्मका कैयौं रेकर्ड तोडेको थियो।
यसअघि पनि आमिरका फिल्म 'पिके’, 'थ्री इडियट्स’ र 'दंगल’ ले चीनमा राम्रो व्यापार गरेका थिए।
अद्वैत चन्दनले निर्देशन गरेको ‘सिक्रेट सुपरस्टार’ को कथा निर्देशकले नै लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।