भक्तपुर– नियमित रुपमा जुवा खेलाइने एक अखडामा छापा हानी प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ।
चाँगुनारायण नगरपालिका–७ बागेश्वरी बस्ने सानुभाई श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सानुभाई समेत ७ जनालाई २ बुक तास र नगद २ लाख ५७ हजार ५ सय २० रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाउपर जुवा मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।