काठमाडौं– सुदुरपश्चिमको संस्कृतीको प्रबद्र्धन र सुदुरपश्चिमबासीहरुको एकतालाई बलियो बनाउने उदेश्यले आगामी शुक्रबार राजधानीमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ। सुुदुरपश्चिममा चर्चित कलाकारहरुको साथ ‘सुदुरपश्चिमेली बिबिध सांस्कृथिक देउडा साँझ’ आयोजना हुन लागेको हो।
सुदुर पश्चिम नेपाल र विकास मञ्चले जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजना गर्न लागेको कार्यक्रम चर्चित कलाकारहरुको प्रस्तुती रहने देउडा गायक भोजराज भट्टले बताए।
नायक बिराज भट्टसहित यज्ञराज उपाध्याय, भोजराज भट्ट, महेश औजी, भुवन प्रकाश बडु, सुरेश शाही, मनोज धामी, पुष्पा बोहोरा, बिष्णु भट्ट, भानुभक्त जोशी, सुशिल बोहरा, जनक ताम्राकार, दीपा रोकाया, गौरी भट्ट तथा राजा राजेन्द्य्र लगायत कलाकारको कार्यक्रममा प्रस्तुती रहेन आयोजकले जनाएको छ।
‘संस्कृती नै एकताको सबैभन्दा बलियो पाटो हो,’ गायक भट्ट भन्छन्,‘सुदुरपश्चिममा विभिन्न विचार र आस्था भएका व्यक्तिहरु हुनुहुन्छ, हामीले सबैलाई संस्कृतीमार्फत जोड्न खोजेका हौं ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।