नयाँ दिल्ली (एजेन्सी)– अभिनेता ऋतिक रोशन र टाइगर श्राफको आगामी फिल्मको सुटिङ अगस्टदेखि सुरु हुने भएको छ। सिद्धार्थ आनन्दले बनाउन लागेको यो फिल्ममा दुबै एक्सन हिरो एकसाथ देखिँदै छन्।
फिल्मको नाम अहिलेसम्म जुरेको छैन। तर, यसलाई सन् २०१९ को अक्टुबर २ मा रिलिज गर्ने तयारी भएको छ। निर्माताले गान्धी जयन्तीको दिन रिलिज गर्ने तयारी गरेका छन्।
फिल्म यशराज फिल्म्स (वाइआरएफ) को ब्यानरमा बन्न लागेको हो। यसमा वाणी कपुर पनि प्रमुख भूमिकामा छन्। फिल्मको सुटिङ अगस्टमा सुरु भएर २०१९ को फेब्रुअरीमा पूरा हुने बताइएको छ।
फिल्ममा ऋतिक टाइगरको गुरुको भूमिकामा देखा पर्दै छन्।
टाइगर र आनन्द हलिउड फिल्म फ्रेन्चाइज ‘रेम्बो’ को रिमिकमा पनि काम गरिरहेका छन्। यसमा हलिउड नायक सिल्भेस्टर स्टेलोनको पनि भूमिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।