एजेन्सी– बलिउडको सबैभन्दा विवादास्पद मानिने निर्देशक बोनी कपुर र अभिनेत्री श्रीदेवीको विवाहले अहिले पनि थुप्रै ‘फ्यान’ को ध्यान खिच्ने गरेको छ। श्रीदेवीका लागि बोनी कपुरले १३ वर्ष पुरानो आफ्नो विवाहलाई तिलान्जली दिएका थिए।
अझ, पारिवारिक श्रोतको कुरा मान्ने हो भने विवाहपूर्व नै श्रीदेवी ‘प्रेगनेन्ट’ थिइन्। सन् १९८७ मा बोनी कपुरले आफ्नो फिल्म ‘मिस्टर इन्डिया’ मा श्रीदेवीलाई साइन गरेका थिए। फिल्ममा साइन गर्नुपूर्व नै बोनीले श्रीदेवीलाई मन पराउन थालिसकेका थिए।
श्रीदेवीले एउटा अन्तर्वार्तामा बोनी कपुरले ‘मिस्टर इन्डिया’ का लागि आफूलाई १९८४ मै प्रस्ताव राखेको बताएकी थिइन्। बोनीले १९९३ मा श्रीदेवीसँग विवाहको प्रस्ताव राखेका थिए।
‘मिस्टर इन्डिया’ को सुटिङमा बोनीले श्रीदेवीको यति धेरै ध्यान राखेका थिए, उनले मेक–अप कोठा नै अर्को तयार पार्न लगाएका थिए। फिल्म ‘चाँदनी’ को सुटिङ स्विट्जरल्यान्डमा भइरहेको थियो। बोनी श्रीदेवीलाई भेट्न स्विट्जरल्यान्ड नै पुगेका थिए।

श्रीदेवीसँग विवाह गर्नुअघि नै बोनीको अर्को महिलासँग विवाह भइसकेको थियो। स्विट्जरल्यान्डबाट फर्किएपछि बोनीले श्रीदेवीको विषयमा आफ्नो पहिलो श्रीमती मोनालाई सबै कुरा बताएका थिए। उनी श्रीदेवीको आमाको निधन हुँदा उनलाई ढाड्स दिन घर नै पुगेका थिए। ‘लम्हे’ को सुटिङ हुँदा श्रीदेवीको बुवाको पनि निधन भयो। यसपछि दुबै नजिकिएका थिए।
मोनाले पनि एउटा अन्तर्वार्तामा बोनी आफूभन्दा १० वर्षले जेठो रहेको बताएकी थिइन्। उनले आफू १९ वर्षको हुँदा बोनीसँग विवाह भएको बताएकी थिइन्। उनले अन्तर्वार्तामा बोनीको घर आएर आफू हुर्किएको बताएकी थिइन्। १३ वर्षको अविचलित वैवाहिक सम्बन्धमा धेरै पछिमात्र मोनाले आफ्नो श्रीमान्को अर्की महिलासँग ‘अफेयर्स’ भएको पत्तो पाएकी थिइन्।
बोनी र श्रीदेवीको विवाह १९९६ को जुन २ मा भएको थियो। बोनीको पहिलो श्रीमतीबाट दुई बच्चा छन्, अर्जुन कपुर र अशुंला कपुर। अर्जुनले बलिउडमा पाइला टेकिसकेका छन्। श्रीदेवीबाट पनि दुई छोरी भएका छन्, जाहन्वी कपुर र खुसी कपुर। जाहन्वी अहिले फिल्ममा आउने तयारीमा छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।