बेइजिङ- चीनमा सन् २०१८ लाई ‘कुकुर वर्ष’का रुपमा मनाइदैँ छ।
सेहि अवसरमा स्मारिकाको रुपमा पिपुल्स ब्यांक अफ चाइनाले कुकुर अंकित १० युआनको सिक्का शुक्रबार सार्वजनिक गरेको छ। सिक्काको एकातिर कुकुरको कलात्मक तस्विर अंकित गरिएको छ भने अर्कोतिर १० युआनलाई अंक र अक्षरमा तथा प्रकाशित वर्षको रुपमा २०१८ लाई समेत अंकित गरिएको छ।
सिक्का सार्वजनिक भएपछि धेरै चीनियाहरुले सिक्का हातमा लिएको फोटो सामाजिक संजालमा पोष्ट गरेका छन्। पोष्ट गर्नेमा स्थानीयका अलावा स्वयम् बैंकका कर्मचारीहरु पनि देखिएका छन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।