लहान- सिरहाका जग्गा व्यापारी मो लालु खानलाई गोली प्रहार गरी फरार अभियुक्तलाई प्रहरीले एक वर्षपछि शुक्रबार पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खानलाई गोली प्रहार गरी फरार रहेको आरोपमा शुक्रबार साँझ धनुषाको कमलामाई नगरपालिका– ८ सोनापारा निवासी २० वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनुषाको धबौलीबाट यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिरहा मिर्चैया नगरपालिका– २ मझौलिया निवासी ३० वर्षीय खानलाई २०७३ माघ १ गते गोली प्रहार गरी हत्या गरिएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।