नयाँ दिल्ली (एजेन्सी)– बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा यति धेरै कमाई गर्यो, जसको कीर्तिमान तोड्न अन्य फिल्मलाई लामो समय कुर्नुपर्ने देखिन्छ।
बलिउड इतिहासमा ३ सय करोड कमाई गर्ने फिल्मको सूचीमा सबैभन्दा बढी फिल्म नै सलमान खानको छ। सलमानको ‘बजरंगी भाईजान’, ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ ले ३ सय करोडभन्दा बढी व्यापार गरेको थियो।
बक्स अफिसमा सबैभन्दा बढी आम्दानी गर्ने फिल्ममा आमिर खानको दुईवटा फिल्म छ, जसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन्। आमिरको फिल्म ‘पिके’ ले घरेलु बक्स अफिसमा ३ सय ४० करोडको आम्दानी गरेको थियो। जुन रकमको नजिक सलमानको फिल्म पुगेको छ। १ फेब्रुअरीसम्म ‘टाइगर जिन्दा हे’ ले ३ सय ३८ करोड भारु कमाई गरिसकेको छ। अब ‘पिके’ को कमाईको कीर्तिमान तोड्न ‘टाइगर जिन्दा हे’ लाई गाह्रो पर्ने देखिन्छ। किनभने पछिल्लो साता यसले २ करोड ६३ लाख रुपैयाँ मात्र कमाई गर्यो।
बक्स अफिसबाट बाहिरिनुअघि यो फिल्म ‘पिके’ को कीर्तिमान नजिक पुग्छ कि भन्ने आशा सबैलाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।