• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २५, २०८२ Sat, Oct 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

...अहिले बुबाले गाली गर्नुहुन्न !

64x64
ऋग्वेद शर्मा शुक्रबार, भदौ १३, २०७६  १६:४५
1140x725

काठमाडौं- क्रिकेट, एथ्लेटिक्स पछि भारोत्तोलन।

एउटा क्रिकेट खेलिरहेको खेलाडी दौड र लङजम्पमा भाग लिँदै अनौठो लाग्छ, अझ त्यसमा भारोत्तोलनमा भार उठाइरहेको देख्दा त के सोचिन्छ होला? ...दंगदास नै भइन्छ नि! 

सञ्जु चौधरीको खेल यात्रा सुन्दा त्यस्तै दंगदास भइन्छ। घरि अचम्ममा परिन्छ। घरि रोचक कथा सुनेझै ध्यानमग्न होइन्छ त घरि यस्तो पनि कसरी गर्न सकिन्छ होला भनेर सोचमग्न। 

क्रिकेटदेखि भारोत्तोलनसम्म पुग्नुको सञ्जुको एउटै मूल कथा- खेलप्रेम हो। खेल यही होस् भन्नेभन्दा खेल्न पाइयोस् भन्ने उनको पूरानो चाहनाले त्यसमा काम गरेको छ।

सञ्जुलाई सानैदेखि खेल्न बहुत गज्जब लाग्ने। सानोमा रमाइलो मानेर खेलिहिँड्ने वातावरण भने धेरै नेपाली खेलाडीको जस्तै उनको घरमा पनि थिएन।

नेपालगन्जको धम्बोझीमा विद्यालय छुटेपछि होस् या बुबाआमा काम गर्ने भेरी अस्पतालको आवास वरपर, सञ्जुको बाल्यकाल खेल्दै हुर्कियो। खेल्न निस्कँदा र खेलेर घर फर्कंदा गाली खानुपर्थ्यो। प्रायः गरी बुबाकै।

‘खेलेर पनि केही हुन्छ?’ बुबाको यो सोच र कहिलेकाहीँ त्यही वाक्य प्रश्न बनेर आउने निषेधमा सञ्जुसँग त्यसबेला जवाफ थिएन। त्यसैले लुकेर खेल्न निस्कन्थिन्। ढाँटेर खेलिहिँड्थिन्।

Ncell 2
Ncell 2

अहिले भने सञ्जुको खेलले उनको बुबाको ‘खेलेर पनि केही हुन्छ ?’ भन्ने प्रश्नको जवाफ दिइरहेको छ। उनले बनाएका कीर्तिमान र जितेका उपाधिहरुले ‘खेलेर केही हुने रहेछ’ भन्ने देखाइरहेको छ, कम्तीमा अहिलेसम्मलाई। भविष्य फेरि त्यस्तै प्रश्नले फेरिएला या जवाफ नबोलिकनै दिन सकिएला, त्यो त सञ्जुलाई पनि थाहा छैन। अरु नेपाली खेलाडीलाई जस्तै।

तर, खेलपछिको भविष्य के हुन्छ भनेर उनलाई सोचिहाल्नु परेको छैन। त्यो सोच्न हतार पनि छैन। २० वर्षकी त भइन्। सानै उमेरमा पाएका ठूला उपलब्धि देख्दा सञ्जुको खेल जीवन यस्तै उपलब्धिहरुमा रहिरहन्छ भन्ने देखिन्छ पनि। अझ उनको मेहनत गर्ने बानीले त्यसमा इँट पक्कै थप्नेछ।

सञ्जुले अहिले भारोत्तोलन खेलेको बुबाआमाले प्रत्यक्ष हेर्न पाएका छैनन्। सञ्जु भन्छिन्, ‘खेलेको भिडियो मोबाइलमा हेर्दा पनि आमाले सोध्नुहुन्छ- यस्तो कसरी खेलेको, तिमीलाई दुख्दैन?’

यसैले घरमा सँगै हुँदा आमाले उनको खुब ख्याल गर्छिन्। छोरीको शारीरिक मेहनत अप्ठ्यारो छ भनेर चिन्ता गर्छिन्। ‘यस्तो अप्ठ्यारो अभ्यास गर्छौ, खै म तेल लगाएर मालिस गरिदिन्छु,’ आमाले भनेको सधैँ सम्झिन्छिन् सञ्जु। आमालाई दुःख दिन मन लाग्दैन अनि उनी भन्छिन्, ‘तेल लगाइदिन पर्दैन आमा, त्यस्तो साह्रै दुख्दैन।’

खेलले छोएका ती दिन
सञ्जु बाल्यकालमा केटाहरुसँग क्रिकेट खेल्थिन्। केटाहरुसँगै खेलिरहँदा जिल्लामा क्रिकेटमै लागिरहेका महिला खेलाडीले उनको खेल देखे। त्यसैले आफूसँगै खेल्न लिएर गए। टिमसँगै गएपछि उनले क्रिकेट सिकाउने गुरु पनि भेटिन्। त्यसले उनको व्यवस्थित क्रिकेट अभ्यास सहज भयो। 

तर, तीन/चार महिना खेलेपछि उनको क्रिकेट अभ्यास रोकियो। घरबाट खेल्न जान नदिएपछि रहर पछाडि पर्ने नै भयो। तर, सञ्जुलाई खेलबाट टाढा हुन मन लागेन। यसैले लुकी-लुकी खेल्न थालिन्। लुकेरै क्रिकेट खेलेको एक वर्षमा त उनी नेपालगञ्जमा खेलाडीको रुपमा चिनिन् थालिसकेकी थिइन्।

‘राम्रो क्रिकेट खेल्ने भइसकेको थिएँ। त्यही कारण विद्यालयमा समेत पढ्नका लागि छात्रवृत्ति पाएँ। त्यसले पढाइमा ठूलो सहयोग भयो। विद्यालयका प्रशिक्षक आएर मेरो घरमा पनि राम्ररी नै खेल्न दिनु भनेर सम्झाइदिनु भएको थियो,’ सञ्जुले सम्झिइन्, ‘त्यो बेला आमाले त मान्नुभएको हो तर बुबा मान्नुभएन। आमाले बुबालाई मनाउने कोशिस गर्नुभएको थियो। बुबाको साथीहरुले पनि सम्झाइदिनु भएपछि बल्ल हुन्छ जस्तो गर्नुभयो।’

त्यो समय उनको वरपरका अरु बालबालिकाको तुलनामा सञ्जुको बाल्यकाल रमाइलोमा नै बितेको हो। भनेका कुराहरु पूरा भइरहेका हुन्थे। आमासँग त घुर्की लाएर भए पनि चाहेका कुरा पूरा गर्थिन्।

बुबाले नखेल भनेर गाली गर्नुमा पनि पढाइ बिग्रन्छ भन्नेबाहेक अरु कारण थिएनन्। पढेर नै केही गर्नुपर्छ भन्ने उनको बुबाको सोच थियो। खेलमा राम्रै गर्दै गएपछि र सबैले सम्झाएपछि मन नलागे पनि बुबाले रोक्न सकेनन्। भेरी अस्पतालकै डाक्टरहरुले पनि सम्झाएपछि बुबाले रिसाएरै भए पनि हुन्छ भन्नुभएको सञ्जुलाई अझै याद छ।

‘त्यो बेला क्रिकेट खेल्न जाँदा बुबा घरबाट जतिबेला निस्कनु हुन्छ त्यो पछि मात्रै म निस्कन्थेँ। बेलुका पनि बुबा आउने समय मिलाएर घर फर्कन्थेँ। बरु ढिला भए पनि बुबा घर पुगेर केही काममा व्यस्त भएको समयमा चुपचाप गएर बस्थेँ। तर, घर पुग्ने एउटै समय भने पार्दैनथेँ। बुबाले सिधै भेट्नुभयो भने गाली गर्नुहुन्छ भन्ने थाहा थियो। त्यसैले सकेसम्म बुबाको अगाडि पर्दैन थिएँ,’ उनले सुनाइन्। 

पछि बुबाले पनि खेल्ने स्वीकृति दिएपछि त के चाहियो र! सञ्जुले बिहान-बिहान दौड अभ्यास गर्न थालिन्। बेलुका क्रिकेट।

त्यसरी नै खेल्दै-पढ्दै उनको एसएलसी पनि सकियो। विद्यालयको पढाइपछि भविष्य के हुने भन्ने सोच बढ्यो। सञ्जु भन्छिन्, ‘त्यो बेला दौडमा र क्रिकेटमा नै पनि राम्रो भविष्य देखिएको थिएन।’ हुन त नेपाली खेलकुदमा भविष्य भएको खेल भेट्न गाह्रै पर्ला। तर, नजानिँदो पाराले सञ्जुको झुकाव भारोत्तोलनतिर भयो। 

क्रिकेट, एथ्लेटिक्स र भारोत्तोलन
पहिले क्रिकेटबाट सुरु भएको सञ्जुको खेल एथ्लेटिक्स हुँदै भारोत्तोलनसम्म पुग्ला भनेर उनैले पनि सोचेकी थिइनन्।

नेपालगन्जमा विद्यालयस्तरीय प्रतियोगिताहरु धेरै भइरहेका हुन्छन्। त्यसले पनि खेलमा लाग्ने माहोल बनिरहेको हुन्छ। सबै खेल एकै ठाउँमा हुने भएकाले सबै खेलका गुरुहरुसँग उनको एक किसिमको परिचय बनिरहेको थियो। गुरुहरुले पनि रंगशालामा देखिने सबै खेलका खेलाडीलाई हेरेर को कुन खेल राम्रो खेल्छन् भन्दै छानेर लैजान्थे।

‘म क्रिकेट नै खेलिरहने समयमा बिहान दौडन जाँदा भारोत्तोलनका गुरुहरुले नियालिरहनु भएको रहेछ। एकदिन गुरुले तिम्रो शरीर भारोत्तोलनका लागि राम्रो छ भनेर खेल्न बोलाउनुभएको थियो। क्रिकेट अभ्यासकै बेला पनि ‘पावर’ बढाउन जिममा गइरहेको हुन्थेँ। त्यसले गर्दा भारोत्तोलनका गुरुहरुले निरन्तर बोलाइरहनु भएपछि जाउँ जस्तो लाग्यो,’ सञ्जुले पुराना दिन सम्झिइन्।

एसएलसीपछि सञ्जुको ध्यान पढाइमा भन्दा खेलमै थियो। उनलाई लाग्यो- 'पढाइ यस्तै हो। कि पढेपछि धेरै पढ्न पर्‍यो। होइन भने त पढ्नुको पनि ठूलो उपलब्धि हुँदैन। पढ्नेसँगै खेल खेलेर पनि आफूले एउटा जिम्मेवारी निभाउन सकिन्छ।’ त्यसमा पनि विशेषतः देश-विदेश घुम्न पाइन्छ भन्ने उनलाई लागेको थियो। अहिले उनलाई खेलकुदमा सोचेजस्तै रमाइलो लागिरहेको छ। स्वतन्त्र भएर आफ्नो काम गर्न पाएकी छिन्।

‘हामी खेल सामग्रीहरु आफै किनेर खेल्थ्यौँ। क्रिकेट र भारोत्तोलन दुवैमा सामान जुटाउन गाह्रो नै छ। दुवैमा पैसा चाहिन्छ र प्रायः त हामीसँग त्यही पैसा नै हुँदैन। त्यसमा पनि भारोत्तोलनको सामान जुटाउन त अहिलेसम्म कठिन नै छ,’ उनले भनिन्। 

क्रिकेट खेल्ने समयमा सञ्जु अलराउण्डर नै थिइन्। सिनियर प्रतिस्पर्धामा ओपनिङ ब्याटिङ गर्थिन्। जुनियरमा ब्याटिङसँगै ओपनिङ बलिङ। एकपटक हङकङमा राष्ट्रिय टिम जाने बेला सञ्जु क्लोज क्याम्पमा परेकी थिइन्। अन्तिम १८ सम्म पुगेकी उनी त्यसपछि भने फालिइन्।

‘त्यो बेलादेखि अब क्रिकेटभन्दा भारोत्तोलनमा नै केही गर्छु भन्ने लाग्यो। भारोत्तोलनका गुरुलाई पनि भनेँ- गुरु म यताबाट फालिएँ। गुरुले ‘केही हुन्न यता अभ्यास हुँदैछ आउ’ भन्नुभयो,’ उनले क्रिकेट छाडेको दिन सम्झिइन्। त्यो बेला क्याम्पबाट नबाहिरिएको भए आफू अहिलेसम्म क्रिकेट नै खेलिरहेको हुन्थेँ जस्तो उनलाई लाग्छ।

तर, उनको मन अहिले क्रिकेटमा भन्दा बढी भारोत्तोलनमा नै छ। कीर्तिमान बनेको छ। आफूले गरेको मेहनत सबैले देखिरहेका छन्। ‘सामूहिक खेलमा गरेको मेहनत देखाउन कठिन हुन्छ। व्यक्तिगत खेलहरुमा त्यो सम्भव हुने भएर पनि खुसी छु,’ उनको सन्तुष्टिको स्वर सुनियो।

यी त भए क्रिकेटका कुरा। सञ्जु १०० मिटर, २०० मिटर दौडसँगै लङजम्पकी खेलाडी पनि हुन्। सानोदेखिको दौड अभ्यासले उनलाई त्यसमा सहयोग गरेको थियो। कुनै समय त एथ्लेटिक्समा नै सञ्जुको नाम चम्कने देखिएको थियो। तर, भारोत्तोलनमा लागेपछि एथ्लेटिक्स पनि पछाडि छाडेकी छिन्। जुनियरमा खेल्ने समयमा त उनले १०० मिटर, २०० मिटर दौडसँगै लङजम्पमा स्वर्ण पदक जितिरहेकी हुन्थिन्।

‘२०६९ मा राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दा १०० मिटर दौडमा फोउल आउट भएको थिएँ। त्यो बेला असाध्यै दुःख लागेको थियो। धेरै रोएँ पनि। मेरो बानी खेल्नेबेला असाध्यै आत्तिने छ। त्यसैले गुरुहरुले सम्झाइरहनु हुन्छ- आत्तिनु हुँदैन, ध्यान दिएर ढुक्क भएर खेल्नुपर्छ,’ उनी दौडँदाका दिनमा पुगिन्। 

अनि कीर्तिमानी स्वर्ण
गुरुहरुले नै भारोत्तोलनमा राम्रो हुन्छ भनेर सञ्जुलाई कर गरी-गरी बोलाउनु अहिले ठिक रहेछ भन्ने देखिएको छ। गुरुका आँखाले सञ्जुमा देखिएको खुबी निखारिँदै पनि छ।

पहिलो पटक २०७२ सालमा भारोत्तोलनको प्रतियोगितामा सहभागी हुँदा नै सञ्जु दोस्रो भएकी थिइन्। जुनियर प्रतियोगितामा दोस्रो भएपछि त गुरुहरुले 'राम्रो खेल्छौ भविष्य राम्रो छ' भनेर तारिफ गर्न थालिहाले। त्यसले पनि उनले धेरै हौसला पाउँदै गइन्।

भारोत्तोलनकै ‘युथ एन्ड जुनियर एसियन च्याम्पियनसिप’ हुँदा क्याम्पमा बसेर पनि सञ्जुले धेरै कुरा सिक्न पाएकी हुन्। त्यही सिकाइले उनले २०७३ को ‘युथ एन्ड जुनियर एसियन च्याम्पियनसिप’मा कीर्तिमानसहित स्वर्ण नै जितिन्।

भारोत्तोलनमा लागिरहेको त्यो समय पनि उनले क्रिकेट पूरै छाड्न भने सकेकी थिइनन्। नेपालगन्जमा भएका बेला त लुकेर क्रिकेट खेल्न गइरहन्थिन्। ‘एकपटक त क्रिकेट खेल्न गएको कुरा गुरुहरुले थाहा पाएर धेरैतिर मन नडुलाउ भनेर गाली पनि गर्नुभएको थियो। त्यसपछि भने भारोत्तोलनमा मात्रै ध्यान दिन थालेँ,’ उनले भनिन्।

युथ एन्ड जुनियर एसियन च्याम्पियनसिपमा खेलेपछि उनी भारोत्तोलनकै लागि दक्षिण कोरिया पनि गइन्। त्यहाँ सिनियर इन्टरक्लबमा ३ वटा कांस्य र ३ वटा रजत पदक जितिन्। त्यसपछि उज्वेकिस्तान, थाइल्यान्डमा पनि खेल्न गइन्।

खेलमा विदेश यात्रामा उनलाई सबैभन्दा याद हुने २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुद नै हो। ‘एसियाली खेलकुदको त्यो माहोल त असाध्यै गज्जब थियो। त्यस्तो प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो अवसर हो। त्यहाँ मैले राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिएँ। त्यहाँ धेरै त अचम्म लागिरहेको थियो। सोचेभन्दा धेरै नै राम्रो,’ सञ्जुले सम्झिइन्।

इन्डोनेसियामा सञ्जुले स्न्याचमा ७२ केजी र क्लिन एन्ड जर्कमा ८६ केजी गरी कूल १ सय ५८ केजी भार उठाएर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी थिइन्। उनले त्यसअघि एसियाली खेलकुदको छनोटका बेला स्न्याचमा ७१ केजी र क्लिन एन्ड जर्कमा ८५ केजी गरी कूल १ सय ५६ केजी भार उठाएर तीनै विधामा कीर्तिमान बनाएकी थिइन्।

अहिले १३औँ दक्षिण एसियाली खेलकुदको तयारीमा रहेकी सञ्जुले गएको बैसाखमा भएको आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुन पाएकी थिइनन्। त्यही समयमा उनी चीनमा ओलम्पिक छनोटमा खेल्न गएकाले नेपालको प्रतियोगिता छुटेको थियो। चीनमा ५५ केजी तौल समूहमा खेलेकी उनले स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ९० केजी भार उठाएकी थिइन्। चीनको भिन्न माहोलमा सोचेजस्तो नभए पनि आफूले राम्रै गरेको उनलाई लाग्छ। उनैले जुनियरमा स्न्याचमा ७१ र क्लिन एन्ड जर्कमा ९० केजीको भार उठाएर कीर्तिमान बनाएकी छिन्।

अहिले सिनियर र जुनियर दुवैमा खेल्न पाइरहेकाले पनि आफूले धेरै अनुभव लिन पाएको उनलाई लाग्छ। राष्ट्रिय टिमका लागि क्याम्पमा बस्दा पनि उनले राम्ररी सिक्न पाइरहेकी छिन्। भन्छिन्, ‘क्याम्पमा पनि म सानो भएकाले दिदीहरु सबैले ध्यान दिनुहुन्छ। यसलाई के गर्दा सजिलो हुन्छ भनेर विचार गरिदिनुहुन्छ। राम्ररी सम्झाउनुहुन्छ।’

शरीरको ख्याल राख्नै गाह्रो
खेलाडीका लागि सबैभन्दा महत्वपूर्ण र कठीन काम हो- फिट रहनु। फिट रहने सोचेर मेहनत गर्दागर्दै पनि कहिलेकाहीँ के बिग्रिदिन्छ र खेलबाटै बाहिरिने समेत खतरा रहन्छ।

अहिले अभ्यासमा रहँदा पनि सञ्जुलाई गएको साता त्यस्तै भयो। बेलुका खाना खाएर सुतेकी उनलाई तारन्तर उल्टी भयो। अस्पतालमा जँचाइन्। डाक्टरले केही औषधि दिए पनि समस्या खासै केही देखिएन। तर, उनले पूरा ध्यान दिएर अभ्यास गर्न भने पाएकी छैनन्। 

‘बिरामी परेर अभ्यासमा केही गाह्रो नै भयो। सागका लागि भइरहेको अभ्यासबाट पनि छनोटमा पर्न सक्नुपर्छ, त्यसैले पनि मेहनत राम्रो गर्नुपर्छ। गरिरहेको पनि छु। पहिलो छनोट पार गरेपछि फेरि दोस्रो छनोट हुन्छ,’ उनले भनिन्, ‘तौल पनि असाध्यै मिलाएर खेल्नुपर्छ। थोरै बढी पनि हुन पाइँदैन। थोरै घटी हुन पनि मिल्दैन।’

यसैले सबै कुराको सन्तुलन मिलाउन सजिलो छैन। शक्ति कमजोर नहुने गरी र तौल पनि नबढ्ने गरी खाने कुरामा ध्यान दिनुपर्ने हुन्छ। सञ्जु अहिले बिहान अण्डा, दुध र कन्फ्लेक्स खाान्छिन्। त्यसपछि बिहानको खानामा मासुभात र बेलुका खानामा माछाभात। त्यसमा पनि उनलाई विशेष मनपर्ने माछा नै।

अहिले पनि खाने बेलामा भने सञ्जुलाई सानो बेलामा आमासँग कचकच गरेको याद आइरहन्छ। सानोमा साग, सिमीजस्ता तरकारीहरु नखाने उनी आमालाई मनपर्ने तरकारीका लागि करकर गर्थिन्। अब अहिले त करकर गरुन् पनि कल्लाई, आमा नेपालगन्जमा उनी काठमाडौंमा। यसैले होला सबै परिवार सँगै हुन पाउने दसैँको प्रतिक्षामा हुन्छिन् सञ्जु।

आमासँग हुँदा भने खानेकुराका लागि सञ्जुले धेरै सोच्नै पर्दैन। खेल खेलेर आउँदा आमाले मिठो-मिठो खानेकुरा बनाएर राखिदिएकी हुन्छिन्। ‘यसलाई जतिबेला पनि भोक लागिराख्छ भनेर धेरै नै पकाइदिनु हुन्छ। म पनि छिनछिनमा खाँदै बसिरहेको हुन्छु। भोक लागेपछि त राति १२ बजे उठेर पनि खाने बानी छ,’ उनले हाँस्दै भनिन्।

पहिले क्रिकेट खेल्ने दिदीहरुसँग अहिले उनको बेलाबेला कुराकानी भइरहेको हुन्छ। 'उता गएर राम्रो गरेको छौ, अझ राम्रो गर्छौ' भनेर सबैले हौसला दिन्छन्। त्यस्तो बेला उनलाई क्रिकेटको पनि याद आउँछ। त्यसमा उनको मनपर्ने खेलको रोजाइबाट क्रिकेट हटेको पनि त छैन।

अब शरीरले साथ दियो भने साग खेलकुदमा राम्रो गर्ने उनको इच्छा छ। स्वस्थ भएर अगाडि बढ्न पाएँ भने पदक लगाउँछु भन्ने सञ्जुको संकल्प छ। त्यसका लागि मेहनत पनि गरिरहेकी छिन्। के गर्दा अझ राम्रो गर्नसक्छु भनेर एक्लै बस्दासमेत सोचिरहन्छिन्।

विदेशमा प्रतियोगितामा जाँदा एउटै खेलाडीको पछाडि ४ जना प्रशिक्षक लागिरहेको देख्दा भने नेपालमा पनि त्यस्तै भइदिए सहज हुन्थ्यो, अझ धेरै सिक्न पाइन्थ्यो भन्ने उनलाई लाग्छ। ‘हाम्रोमा एक प्रशिक्षकले २० जना खेलाडी हेर्नु परिरहेको हुन्छ। उहाँहरुले पनि गरिरहेको मेहनत र हामीले गरेको मेहनतमा बाहिरका खेलाडीको सुविधालाई हेर्ने हो भने पनि हामी पछि नै देखिन्छौँ। त्यही भएर गुरुहरुलाई पनि गाह्रो नै छ,’ उनले भनिन्।

अहिले सञ्जुलाई उनका दाइ भुवन सिंह ठकुरीले पनि धेरै सहयोग गरेका छन्। खेल सामग्री जुटाउनेदेखि आवश्यक कुरा मिलाइदिएका हुन्छन्। ट्राभल कम्पनीबाट दाइले जुटाइदिएका सामानले उनलाई सजिलो भएको छ। नेपालमा नपाइने सामानहरु दाइले नै विदेशबाट पनि मगाइदिन्छन्।

अनुभव र तयारी राम्रो हुँदै गइरहे पनि सञ्जुलाई भारोत्तोलनका लागि स्टेजमा उक्लँदा अझै पनि कहिलेकाहीँ डर लाग्छ। अगाडि मान्छेहरु देख्दा ‘नर्भस’ हुन्छिन्। भन्छिन्, ‘अब त्यसमा पनि सुधार गर्छु।’

अब केही प्रश्न,

खेलमा हुने अप्ठ्यारो बाहेक अरु केही समस्या त छैन? केही दुःख?
- छैन। बिन्दास छु। 

केही नौलो बानी पो छ कि?
- मेरो पेटमा कुरा अट्दैन। केही कुरा नयाँ भयो भने साथीहरु, दिदीहरु या घरमा सुनाइहाल्छु।

परिवारमा अरु खेलाडी कोही छन्?
- छैनन्। म मात्रै हो। अँ, अहिले मैले खेलेको चाहिँ सबैलाई मन पर्छ।

बुबालाई पनि?
- (हाँस्दै) बुबाले अहिले गाली गर्नुहुन्न।

खेल छोडौँ जस्तो कहिल्यै लाग्यो?
- लागेन। यसमा रमाएको छु। कहिलेकाहिँ राम्रो पढेर अरु जागिर गर्न पाएको भए पनि हुन्थ्यो जस्तो पनि लाग्छ। तर, केहीबेरमा खेलमै ध्यान भइहाल्छ।

जागिर खानै मन लाग्दैन कि?
- नलाग्ने होइन। अहिले प्रहरीमा करार सम्झौता गरेर आवद्ध भएको दुई महिना भयो।

काठमाडौं बस्न मन पर्छ कि नेपालगञ्ज?
- जहाँ हुन्छु त्यहीँ नै। नेपालगञ्जमा अहिले भने असाध्यै गर्मी छ।

अरु केही भन्न मन छ?
- भन्न मन लागेका कुराहरु त कत्ति धेरै छन्, तर अहिले यत्तिले भयो। बाँकी पछि भनौँला नि...।

भिडियो हेर्नुहोस्:

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्