काठमाडौं- अभिनेता विपिन कार्की स्टारर फिल्म ‘नाका’ को ट्रेलर सार्वजनिक भएको छ।
यसअघि सार्वजनिक भएको टिजरबाट प्रतिक्षीत बनेको फिल्मको ट्रेलरमा विपिनको हुलिया फरक देखिएको छ।
नेपाल र चीनबीचको तातोपानी नाकामा हुने अवैध व्यापार, गुन्डागर्दी र अनियमितताको विषयलाई कथावस्तु बनाएको फिल्ममा विपिनसँगै रविन तामाङ, थिन्ले लामो, शिव मुखिया, प्रकाश गन्धर्व, सुजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ।
अमित श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिषेक सुवेदको पटकथा छ। फिल्मको छायांकन चिन्तनराज भण्डारीले गरेका छन्। फिल्म फागुन १७ देखि राजधानी बाहिर र फागुन १८ गतेबाट राजधानीभित्र प्रदर्शनमा आउँदै छ।
शुक्रबार ट्रेलर रिलिज कार्यक्रममा फिल्मको प्रमोसनका लागि बाइक रेसिङ सम्बन्धी मोबाइल गेम समेत प्रदर्शन गरियो। यो गेम फिल्म रिलिजको केही दिनअघि मात्र सार्वजनिक गरिने निर्माण युनिटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।