सुर्खेत- प्रदेश नम्बर ६ को संसद् सचिवालयले सर्वदलीय छलफल गरी पहिलो संसद् बैठकको कार्यसूची तयार पारेको छ।
शुक्रबार भएको सर्वदलीय वैठकले पहिलो संसद् बैठकमा तीन विषयमाथि छलफल गर्ने कार्यसूची तयार पारेको छ।
संसद् बैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वाक्ताहरुको विषयमा कार्यसूची तयार पारिएको संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। पहिलो बैठकले सभामुख चयन गर्ने मिति तोक्नेछ।
सर्वदलीय बैठकले माघ २९ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो। सोही प्रस्तावलाई कार्यसूचीमा समावेश गरिएको छ।
यो प्रदेशको पहिलो प्रदेशसभा माघ २१ गते दिउसो १ बजे बस्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।