काठमाडौं- विमल गौतमको गीत 'रुपको झट्का'को भिडियो सार्वजनिक भएको छ। एलिसा राई र गम्भीर बिष्टले जोडी बाँधेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो। म्युजिक भिडियोमा ‘ह्यान्ड टु ह्यान्ड क्रु’का कलाकारले समेत साथ दिएका छन्।
नवराज उप्रेतीले खिचेको भिडियोको निर्देशन गम्भीरले गरेका हुन्। गायक विमलकै शब्दसंगीत रहेको गीत लेखनमा प्रकाश श्रेष्ठले सघाएका छन्।
'गीतमा युवा पुस्ताले बोलीचालीमा प्रयोग गर्ने शब्दमा लोकपन र आधुनिकताको फ्युजन गरिएको छ,' गायक विमलले भने, 'फास्ट बिटको डान्सिङ गीतसमेत भएकोले युवा साथीहरुले रुचाउने विश्वास लिएको छु।'
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।