काठमाडौं- कपन काठमाडौंकी मौनता लामा 'मिस इको २०१८' को नेपाल प्रतिनिधिका रुपमा छनौट भएकी छिन्। १८ वर्षीया उनी काठमाडौंको बबरमहलस्थित ओलम्पिया इन्टरनेसनल कलेजकी विद्यार्थी हुन्। उनले सोही कलेजबाट साइन्सको बायोलोजीमा प्लस टु पास गरिसकेकी छन्।
पर्यटन र सुन्दरता सम्बन्धी प्रतियोगिताका विभिन्न प्रारम्भिक चरण पार गर्दै आएकी मौनता अब भने देशकै प्रतिनिधित्वका लागि कम्मर कसेर तयारीमा जुट्ने बताउँछिन्।
पर्यावरण र संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्न मिस इको इन्टरनेशनलको भूमिकालाई मौनताले कसरी निर्वाह गर्छिन् त?
‘जसरी मभन्दा अगाडि ३ जनाले प्रतिनिधित्व गर्नुभयो, त्यसैलाई निरन्तरता दिँदै आफनो बेस्ट प्रस्तुति दिनेछु,’ उनले भनिन्।
५ फिट ७ इन्च उचाइ तथा ४९ केजी तौल भएकी मौनताले छनोट चरणमा १४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस इको नेपाल २०१८ को ताज पहिरिन्। मोडलिङमा करिअर खोज्दै गरेकी उनी त्यसका अलावा मेडिकल क्षेत्रलाई आफ्नो भविष्यको विकल्पका रुपमा लिएको बताउँछिन्। इजिप्टमा हुने प्रतिस्पर्धापछि पुनः अध्ययनलाई निरन्तरता दिने उनको सोच छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।