काठमाडौं– नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु र कूटनीतिक अधिकारीहरुसँग संयुक्त भेटवार्ता गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच संयुक्त भेट भएको हो।
उद्योगपति तथा कांग्रेस नेता विनोद चौधरीको अग्रसरतामा भएको भेटमा प्रधानमन्त्री देउवा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की, उद्योगमन्त्री सुनील थापा, अर्थराज्यमन्त्री उदय शम्शेर राणा, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, शंशाक कोइराला, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेशचन्द्र भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागी सहभागी थिए।

यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री स्वराज, विदेश सचिव विजय गोखले, नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको सहभागिता थियो।
भेटवार्ता सकिए लगत्तै भारतीय विदेशमन्त्रीसहितको टोली बालुवाटारमा प्रधानमन्त्री देउवाले दिएको दिवाभोजमा सरिक भएको र यसपछि देउवा र स्वराजबीच ‘वान टु वान’ भेटवार्ता हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।