काठमाडौं– नेपाली सेनाको भैरवनाथ गण महाराजगन्जमा तालिमको क्रममा विस्फोट हुँदा ६ सैनिक घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए।
तालिमको क्रममा बिहान ९:३५ मा एउटा ग्रिनेड विस्फोट भएको थियो। घाइते सबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।