काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग सकारात्मक र रचनात्मक कुराकानी भएको बताएका छन्।
होटल सोल्टीमा शुक्रबार बिहान स्वराजसँगको भेट सकिएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले चुनावपछिको परिस्थिति, सरकार गठनको तयारीबारे कुराकानी भएको बताए।
'उहाँले अबको राजनीति कसरी अगाडि जाला भनेर जिज्ञासा राख्नुभयो,' प्रचण्डले भने। स्वराजको भ्रमणलाई आफूले सद्भाव भ्रमणको रुपमा बुझेको पनि प्रचण्डले बताए। सो क्रममा स्वराजले नेपालको विकास र स्थिरताका लागि भारतको सहयोग रहिरहने बताएकी थिइन्।
भारतीय प्रधाानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा हिजो नेपाल आएको स्वराजले एमाले अध्यक्ष केपी ओली र राजपा अध्यक्ष मण्डलका सदस्यहरुसँग पनि हिजै भेट गरिसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।