नयाँ दिल्ली (एजेन्सी)– बलिउड मेगास्टार अमिताभ बच्चन सोसल नेटवर्किङ साइट ट्विटरसँग त्यति खुसी देखिएका छैनन्। ट्विटरमा आफ्नो फलोअर्स घडेपछि उनले मजाक गर्दै सोसल नेटवर्किङ साइट छोड्न सक्ने विचार प्रस्तुत गरेका छन्।
ट्विटरमा ‘बिग बी’ को फलोअर्स ३ करोड ३० लाख थिए। जुन अहिले घटेर ३ करोड २९ लाख पुगेको छ।
अमिताभले आफ्नो ट्विटरमा लेखेका छन्, ‘ट्विटर तिमीले मेरो प्रसंसकको संख्या कम गर्यौं....हाहा हाहाहा...यो मजाक हो...तिमीलाई छोड्ने बेला आयो जस्तो छ...सहयात्राका लागि धन्यबाद..अरु धेरै माछाहरू पनि छन्...र अब खुब मजा आउने छ..।’
T 2599 - TWITTER ..!!!?? you reduced my number of followers .. !!??HAHAHAHAHAHAHA .. !! thats a joke .. time to get off from you .. thank you for the ride .. ???????????? .. there are many 'other' fish in the sea - and a lot more exciting !! pic.twitter.com/85c15pDif4
— Amitabh Bachchan (@SrBachchan) January 31, 2018
‘बिग बी’ जति नै सुपरस्टार शाहरुख खानको पनि ट्विटरमा ३ करोड २९ लाख प्रसंसक छन्। ट्विटरबाहेक अमिताभ अन्य सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा पनि निकै सक्रिय छन्। उनी आफ्नो ब्लगबाट पनि चर्चामा आइरहन्छन्।
यतिबेला अमिताभ आमिर खानसँग ‘ठग्स अफ हिन्दुस्तान’ र ऋषि कपुरसँग ‘१०२ नट आउट’ को सुटिङमा व्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।