काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच 'वान टु वान' छलफल भएको छ।
यसअघि दुई नेताबीच सामूहिक छलफल मात्रै हुने समाचारहरु सार्वजनिक भएका थिए।
होटल सोल्टीमा विदेशमन्त्री स्वराजका लागि एमाले अध्यक्ष ओलीले दिएको रात्रिभोजका क्रममा यो भेटघाट भएको हो।

स्वराजसँग वान टु वान भेट गर्नुअघि ओलीले स्वराजसहित भारतबाट आएका टोलीसँग सामूहिक भेट गरेका थिए। भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी पनि सहभागी थिए।
सामूहिक भेटपछि ओली र स्वराज वान टु वान छलफलमा सहभागी भएका थिए। यस्तै, भारतबाट आएको टोलीसँग विष्णु रिमाल, राजन भट्टराई, विष्णु पौडेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली सहभागीले छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।