काठमाडौं- मजदुर दिवसको छेको पारेर आउँदो बैशाख १४ बाट प्रदर्शन गर्ने तयारीसहित फिल्म ‘पसिना’को ट्रेलर सार्वजनिक गरिएको छ।
फिल्म युनिट ‘गरौं सत्कर्म, बगाऔं पसिना’ भन्ने सन्देशसहित प्रचारप्रसार लागेको छ। आरबी खत्री 'शरद’ ले निर्देशन गरेको फिल्म खासगरी महिला श्रमिकहरुको पीडामा केन्द्रित छ।
फिल्ममा गौरव पहाडी, अनु शाह, सरोज खनाल, रवि गिरि, ध्रुव कोइराला, जयनन्द लामा, सरोज अर्याल,सृजना अधिकारी लगायत कलाकारहरुको अभिनय छ।
जीवन गौतम मुख्य निर्देशक रहेको फिल्ममा राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माले संगीत दिएका छन्। राम केसीको छायांकन र नवीन निरौलाको सम्पादन रहेको फिल्ममा देव महर्जनले द्वन्द्व निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।