सुर्खेत- जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस बुधबार बिहान रत्न राजमार्गअन्तर्गत भेरीगंगा नरगपालिका-५ स्थित हर्रे मोडमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नम्बरको बस अन्दाजी बिहान साढे तीन बजे दुर्घटना हुँदा १ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। मृतकमा २ महिला र १ पुरुष रहेका छन्।
त्यस्तै, २७ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको भेरीगंगा नगरपालिकास्थित स्थानीय मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
सुर्खेतका प्रहरी नायब उपरीक्षक रवी रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताएका छन्। दुर्घटनाको कारण खुल्न नसके पनि तीब्र गतिका कारण हुन सक्ने प्रहरीको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।