सिओल- उत्तर कोरियाको झन्डा निकै लामो समयपछि दक्षिण कोरियामा फहराइएको छ।
दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिकका लागि दक्षिण कोरियामा बिहीबार उत्तर कोरियाको झन्डा फराइएको हो।
उत्तर कोरियाको झन्डा फहराइएको उक्त कार्यक्रममा दुवै देशका नागरिक, स्वयंसेवी र अन्य अधिकारीको सहभागिता थियो।
सन् १९५० देखि १९५३ सम्म जारी दुई कोरियाबीचको द्वन्द्वबाट अलग भएका यी दुई देश अझै पनि प्राविधिकरुपमा युद्धमै रहिरहँदा खेलकुदका कारण भने अहिले समझदारी बढिरहेको पाइएको छ।
आगामी सोमबारबाट शीतकालीन ओलम्पिक खेल सुरु हुँदै छ। त्यसका लागि आएका खेलाडी र अन्य सहभागीको स्वागत सुरु भएको छ।
सहभागीहरुको स्वागतका लागि दक्षिण कोरियाली सैनिकलाई पनि परिचालन गरिने बताइएको छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।