• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

२० प्रतिशत अक्सिजन दिने विश्वको 'फोक्सो'मा आगलागी

ब्राजिलका राष्ट्रपतिको राजीनामा माग
64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  १८:५६
1140x725

काठमाडौ- ब्राजिलका जनजाति नेताहरूले राष्ट्रपतिले अमेजनको वर्षावन (अग्ला रुख भएको घना जंगल) नष्ट गर्न चाहेको आरोप लगाएका छन्। 

ब्राजिलको जनजातीय समूहका प्रमुख राउनी मेटुकतिरेले राष्ट्रपति जेयर बोल्सोनारोमाथि अमेजन वर्षावन नष्ट गर्न चाहेको आरोप लगाएका हुन्। विगत तीन सातायता अमेजनको जङ्गलमा लागेको आगो नियन्त्रणका लागि अन्तराष्ट्रिय सहयोग माग्दै उनले राष्ट्रपतिमाथि यस्तो आरोप लगाएका हुन्। 

आगलागीको घटनालाई लिएर दुनियाँभरमा बढिरहेको आक्रोशका बीच जनजातीय समूह‘कायापो’का प्रमुख राउनीले राष्ट्रपति बोल्सोनारोको सत्ताबाट हटाउन समेत माग गरेका छन्। 

राउनीले समाचार एजेन्सी एएफपीलाई राष्ट्रपतिले जङ्गलका साथै जनजातीलाई समेत जोगाउन नचाहेको आरोप लगाए। ‘उनले जे गरेका छन्, त्यो जनजातीको हितमा छैन र भयानक पनि छ,’ उनले भने, ‘उनी जङ्गलको साथै किसान तथा त्यहाँ रहेका खनिज पदार्थ नष्ट गर्न चाहेका छन्।  

ब्राजिलका जङ्गलमा ७६ हजार ७ सय २० पटक आगलागी भइसकेको छ। यस्तो आगलागी अधिकांश अमेजनको जङ्गलमा भएको छ। 

 000

आगलागी नियन्त्रण गर्न जी-७ का देशले दिने भनेको सहयोग ब्राजिलले अस्वीकार गरेको छ। 

राष्ट्रपति जेयर बोल्सनारोका चिफ अफ स्टाफ ओनिक्स लोरेन्जानीले जी-७ को सहयोगको अपिलका लागि धन्यवाद दिँदै अस्वीकार गरेको बताएका छन्। जी-७ को रकम युरोपमै पुनः नवीकरणका लागि ज्यादा सान्दर्भिक हुने भन्दै सहयोग रकम अस्वीकार गरेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

लोरेन्जोनीले जी-७ शिखर सम्मेलनको समयमा अमेजन वर्षावन (घना र अग्ला रुख भएको जंगल) मा लागेको भयानक आगलागीको नियन्त्रणमा लिन फ्रान्सका तर्फबाट दुई करोड अमेरिकी डलर दिने घोषणा गरेको थियो। 

ब्राजिलका शीर्ष अधिकारीले यो मदत अस्वीकार गर्दै फ्रान्सका राष्ट्रपतिको समेत आलोचना गरेका छन्। राष्ट्रपति इम्यानुअल म्याक्रोनको आलोचना गर्दै उनले आफ्नै घर र क्षेत्रतिर ध्यान दिनु उत्तम हुने टिप्पणी गरे। 

‘म्याक्रोनले विश्व धरोहर मानिने गिर्जाधरमा आगो लाग्नबाट रोक्न सकेनन्’ ब्राजिली अधिकारीले भने, ‘उनी हामीहरूलाई के सिकाउन चाहान्छन्?’ 

ब्राजिलका पर्यावरणमन्त्री रिकार्डो सल्लेसले पत्रकारसँग कुराकानी गर्दै जी-७ द्वारा आगो नियन्त्रणका लागि घोषणा गरेको कोषको स्वागत गर्ने तर मन्त्रिपरिषदको बैठकपछि यसलाई नलिने निष्कर्षमा सरकार पुगेको बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘ब्राजिल एक लोकतान्त्रिक स्वतन्त्र देश हो। कहिल्यै पनि कसैको उपनिवेश नभएको देश भएकाले साम्राज्यवादी प्रथा रहेको छैन,’   लोरेन्जोनीले भने, ‘शायद फ्रान्सका राष्ट्रपति म्याक्रोनको उद्देश्य यस्तो छैन।’ 

अमेजन वर्षावनमा लागेको आगोले यो मुद्दालाई अन्तराष्ट्रीयकरण मात्र गरेको छैन बरु फ्रान्स र ब्राजिलबीचमा विवाद पनि शुरु गरिदिएको छ। 

फ्रान्सको बिआरित्जमा २६ अगस्टमा सम्पन्न भएको जी-७ शिखर सम्मेलनमा नेताहरुले अमेजन वर्षावनमा लागेको आगो नियन्त्रणका लागि ब्राजिलको मद्दत गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। 

000

राष्ट्रपति बोल्सोनारोले अमेजन वर्षाजवनमा लागेको आगो नियन्त्रणका लागि ब्राजिलको सशस्त्र बललाई तैनाथ हुन शुक्रबार निर्देशन दिएका थिए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ब्राजिलको अमेजनमा लागेको आगो नियन्त्रणका लागि सहयोग गर्न चाहेको बताएका छन्। उनले राष्ट्रपतिसँग कुरा गर्दै सहयोगका लागि तयार रहेको बताएको समाजिक सञ्जाल टुइटर मार्फत जानकारी गराएका छन्। 

अमेजनमा लागेको आगोका कारण त्यहाँ रहँदै आएका प्राचीन जनजातिको बस्ती ध्वस्त भएको छ। जनजातीय समूहले ब्राजिलको वर्तमान सरकारले जङ्गल फडानी गरेको आरोप लगाएका छन्। 

अमेजन राज्यमा मुरा जनजातिका १८ हजारभन्दा धेरै मानिस रहँदै आएका छन्। अमेजन राज्यको वर्षावन सवैभन्दा ठूलो संरक्षित क्षेत्र हो। राष्ट्रपतिले यस क्षेत्रमा पनि विकास हुनुपर्ने भन्दै आएका थिए। स्मरणयोग्य छ, कि कहिलेकाही जमिन खाली गराउने उद्देश्यले किसानले नै उक्त जङ्गलमा आगो लगाउने गरेका छन्। 

ब्राजिल स्पेस रिसर्च एजेन्सी आइएनपिईका अनुसार अमेजनमा यो वर्षको पहिलो सात महिनामा ६७ प्रतिशत कटान वृद्धि भएको छ। १५ अगस्टदेखि ब्राजिलभरमा ९ हजार ५ सयभन्दा धेरै आगो लाग्ने घटना सार्वजनिक भएका छन्। यी अधिकांश अमेजन जङ्गलमै भएका आगलागी हुन्। 

विशेषज्ञका अनुमानअनुसार हरमिनेट करिब तीन फुटबल मैदान जति बर्षावन नष्ट भइरहेको छ। आइएनपीईको तथ्यांकअनुसार जुलाइमा अमेजन वर्षावनमा ५ सय १९ वर्गमाइल क्षेत्र रुखबिहीन भइसकेको छ। एक महिनामा जङ्गलको यो आँकडामा भएको विनास सर्वाधिक बढी भएको आइएनपिइले जनाएको छ। आइएनपिइको रिर्पोट अनुसार यो वर्षको शुरुदेखि नै आगलागीका घटनामा ८४ प्रतिशत वृद्धि भएको छ। यो वर्षसम्म आगो लागेका ७४ हजार १ सय ५५ घटना भएका छन्। 

ग्लोबल फरेस्ट वाचका अनुसार १३ देखि २२ अगस्टका बीचमा ब्राजिलमा आगलागी हुन सक्ने भन्दै १ लाख ९ हजार पटक एलर्ट जारी गरिएको थियो। 

आपत्कालीन अवस्थाको घोषणा
ब्राजिलको सबैभन्दा ठूलो राज्य अमेजनमा सोमबार आपत्कालीन स्थिति घोषणा गरिएको छ। करिब ५५ लाख किलोमिटरमा फैलिएको क्षेत्रमा आगो अनियन्त्रित भएपछि सरकारले आपत्कालीन अवस्था घोषणा गरेको हो।  

विश्वको ६० प्रतिशत अक्सिजन दिने क्षमता बोकेको यो जङ्गलले हाल पृथ्वीमा २० प्रतिशत अक्सिजन उपलब्ध गराएको छ। यसैले यसलाई दुनियाँको फोक्सोसमेत भनिन्छ। यो जंगलमा १६ हजारभन्दा धेरै जीव बस्ने गर्दछन्।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित)
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड
सुनको मूल्य बढ्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड बिहीबार, कात्तिक १२, २०८३
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्