• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारतीय विदेशमन्त्री स्वराजसँगै नेपाल आएका विजय गोखले को हुन्?

64x64
नेपाल लाइभ बिहीबार, माघ १८, २०७४  १५:१८
1140x725

एजेन्सी- भारतीय विदेशमन्त्री सुषमा स्वराजको दुईदिने नेपाल भ्रमणको टोलीमा एक त्यस्ता व्यक्ति पनि आएका छन्, जो कूटनीतिक मामिलामा राम्रो दखल राख्छन्। यसको उदाहरण हो, भारत र चीनबीचको दोक्लाम विवाद।

चीनसँग ७० दिनसम्म चलेको दोक्लाम विवाद समाधान गर्न भारतको तर्फबाट अहम् भूमिका निर्वाह गर्ने व्यक्ति थिए, विजय गोखले। जो त्यसबेला चीनका लागि भारतीय राजदूत थिए। उनै गोखलेलाई हालै मोदी सरकारले विदेश सचिव नियुक्त गरेको छ। उनले गत सोमबारबाट डा एस जयशंकरको स्थान लिएका छन्। विदेश सचिव नियुक्त भए लगत्तै नेपाल आएका उनको यो पहिलो विदेश भ्रमण हो।

संस्कृत र चिनियाँ भाषामा विशेष दखल राख्ने गोखलेले चीनसँगको भारतीय सिमाना दोक्लाममा दुवै देशका सैनिकबीच बढेको तनाव साम्य गर्न तत्कालीन विदेश सचिव जयशंकरको सहयोगमा अमेरिका तथा जापानबाट समर्थन जुटाउँदै चीनमाथि दबाव दिएका थिए। उनले चीन सरकारसमक्ष गरेको संवेदनशील र चुनौतीपूर्ण कूटनीतिक वार्ताबाट भारतमा सबैको प्रशंसा बटुलेका थिए।

सन् १९८१ ब्याचका अधिकृत गोखलेले शान्तिपूर्ण वार्ताका माध्यमबाट दोक्लामको तनावलाई गत अगस्टमा नरेन्द्र मोदी ब्रिक्स सम्मेलनमा भाग लिन चीन जानु एक दिनअघि मत्थर पारेका थिए।

यो सफलतापछि गोखलेलाई सरकारले आगामी २ वर्षका लागि विदेश सचिवको जिम्मेवारी सुम्पिएको बताइएको छ। उनी पुरातनवादी कूटनीतिज्ञ, नियम पालक तथा केन्द्रमा रहेर काम गर्ने अधिकारीको रुपमा चिनिन्छन्।

आफ्नो सरकारी सेवाको दौरान गोखलेले पूर्वी एसिया तथा विशेषगरी चीनसँगको गहिरो अनुभव बटुलेका छन्। उनले भारतीय विदेश मन्त्रालयअन्तर्गत चीन र पूर्वी एसिया हेर्ने निर्देशक तथा पूर्वी एसिया हेर्ने सह-सचिवका रुपमा काम गरिसकेका छन्।

गोखले सन् २०१५ मा चीनका लागि भारतीय राजदूतको रुपमा दोस्रो पटक बेइजिङ पुगेका थिए। यसका साथै उनी जर्मनी, हङकङ, ताइवान, मलेसिया तथा भियतनाममा पनि भारतीय राजदूतका रुपमा खटिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई विस्तार गर्ने गोखलेको कार्यशैली विशिष्ट छ’, चिनियाँ अध्ययन केन्द्रका निर्देशक अशोक कान्थले भने, ‘बहुपक्षीय अनुभव र आर्थिक सम्बन्धमा हालसम्म गरेको कामले गोखले जयशंकरलाई प्रतिस्थापन गर्ने सही व्यक्ति हुन्।'

कान्थले गोखलेसँग पूर्वी एसिया, बेइजिङ तथा क्वालालम्पुरमा सँगै काम गरेका थिए।

गोखले हिन्दु हुनु र संस्कृतको राम्रो ज्ञान हुनुले पनि विदेश सचिवका लागि उनी मोदीको पहिलो रोजाइमा परेको निर्देशक कान्तको दाबी छ।

सन् २०१७ को अक्टोबरमा बेइजिङबाट नयाँदिल्ली फर्किएपछि गरेका कामले उनको अन्तिम चरणमा रहेको सरकारी सेवालाई वजनदार बनाइदिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस बीचमा उनी सरकारको तर्फबाट विदेश मन्त्रालयमा रहेर विभिन्न भारतीय सम्झौताको तयारी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भारत भ्रमण तथा स्वतन्त्रता दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा आएका १० आसियान राष्ट्रका प्रमुखहरुसँगको यात्रा समीकरणका लागि वातावरण बनाउन जुटेका थिए।  

पाकिस्तानमा भएको हफिज सइद र्याोलीमा भारतका लागि प्यालेस्टिनी राजदूत संलग्न भएपछि भारतले आफ्नो असन्तुष्टि व्यक्त गरेको थियो। उक्त असन्तुष्टिलाई साम्य पार्न गोखलेले निर्णायक भूमिका निर्वाह गर्दै प्यालेस्टिनी राजदूतसँग तुरुन्त वार्ता आह्वान गरे। 

जर्मनीमा सन् २०१३ देखि २०१६ सम्म राजदूत रहँदा गोखले प्रधानमन्त्री मोदीको नजरमा परेका थिए। उनले सो क्रममा प्रधानमन्त्रीको भ्रमणको मिति तथा तयारी गर्नमा प्रभावशाली भूमिका निर्वाह गरेका थिए। उनले जर्मनीमा मोदीकै हातबाट सन् २०१५ मा ह्यानओभर–मेसे सम्मेलनमा ‘मेक इन इन्डिया अभियान’को समेत उद्घाटन गराए। 

मोदीको सो भ्रमणले भारत र जर्मनीबीचको आर्थिक सम्बन्धलाई माथिल्लो उचाइमा पुर्याोएको थियो। जसबाट भारतमा सञ्चालन रहेका क्लिन गंगा, स्मार्ट सिटी प्रोजेक्ट तथा द्रुततर रेल सेवाका लागि जर्मनीबाट उच्च सहयोग प्राप्त भयो। 

आफ्नो कार्यकालमा तत्कालीन विदेश सचिव जयशंकरले भारत-अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन विशेष भूमिका खेलेका थिए। जयशंकरले सुरु गरेका परराष्ट्र सम्बन्धी कामलाई सही ढंगबाट गति दिनु नै गोखलेका लागि पहिलो महत्वपूर्ण काम हुनसक्छ। 

पछिल्लो समय भारत तीव्र आर्थिक वृद्धि हासिल गर्न अग्रसर रहेका बेला छिमेकी देशहरुसँगको सम्बन्धमा भने चिसोपना बढेको देखिन्छ। सार्कका सदस्य राष्ट्रहरु पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स हुँदै अफगानिस्तान पनि भारतसँगको सम्बन्धबाट पछिल्लो समय त्यति सन्तुष्ट हुन नसकेको बताइन्छ। तर, विदेश सचिवमा गोखलेको नियुक्तिपछि चीनले आगामी दिनमा भारत र चीनको आपसी सम्बन्धमा सुधार आउने विश्वास व्यक्त गर्दै उनलाई बधाई दिएको छ। सो घटनाले पूरै दक्षिण एसियासँग भारतको सम्बन्धमा सुमधुरता थपिने आकलन गर्न सकिन्छ।

हाल रहेको सम्बन्धको चिसोपनबाट गोखलेको आगमनले भारतलाई पार लगाउन कत्तिको सहयोग गर्नेछ, त्यसका लागि भने केही समय हेर्नैपर्ने हुन्छ। यसमा गोखलेको हालसम्मको अनुभव र व्यक्तित्वले पक्कै भूमिका खेल्ने परराष्ट्रविद्हरुले अपेक्षा व्यक्त गरेका छन्।

एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ?
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना
सम्बन्धित सामग्री
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित करिब ७० प्रतिशत वेबसाइटमा प्रयोग हुने प्रोग्रामिङ भाषामा कमजोरी भेटिएपछि तत्काल सुरक्षा अपडेट गर्न आग्रह, जोखिम टार्न केही वेबसाइट अ... बिहीबार, कात्तिक ५, २०८३
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन अध्यक्ष साह लामो समयदेखि मुटु र दमसम्बन्धी रोगबाट पीडित थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही समयदेखि काठमाडौंमा राखेर उपचार ग... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्