नयाँ दिल्ली (एजेन्सी)– सन्जय लिला भन्सालीको विवादास्पद फिल्म ‘पद्मावत’ को आम्दानीले दिनहुँ कीर्तिमान बनाइरहेको छ। देशभित्र मात्र नभई यो फिल्मले विदेशमा पनि राम्रो कारोबार गरेको छ।
फिल्मका व्यापारा विश्लेषक रमेश बालाका अनुसार भारतीय बक्स अफिसमा मात्र यो फिल्मले सुरुको ७ दिनमा १ सय ५५ करोड भारुको नेट कमाइ गरेको छ। राजस्थान, गुजरात, मध्य प्रदेशमा यो फिल्म रिलिस हुन नसकेपनि साताभरिमा ग्रोस कलेक्सन २ सय १ करोड ५० लाख रुपैयाँ भएको बालाले जानकारी दिए।
उत्तर अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्डजस्ता देशमा फिल्मले बम्पर कमाइ गरेको छ। साताभरिमा विदेशमा मात्र १ सय ६ करोड बराबरको व्यापार भएको छ। सबैलाई जोड्दा फिल्मको कूल कलेक्सन ३ सय ८ करोडसम्म पुगेको बताइएको छ।
‘पद्मावत’ २५ जनवरीमा रिलिज भएको थियो। यसले फिल्म रिलिज पूर्व नै ५ करोडको आम्दानी गरिसकेको थियो। भारतमा रिलिजको पहिलो दिन १९, दोस्रो दिन ३२, तेस्रो दिन २१, चौथो दिन ३१, पाँचौ दिन १५, छैटौं दिन १४ र सातौ दिन १२ करोडको कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।