• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अवसर पाएका सन्दीपले चुनौतीको सामना गर्न सक्लान्?

64x64
नेपाल लाइभ बिहीबार, माघ १८, २०७४  १०:०७
1140x725

–ब्लग–

इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको अक्सनमा दिल्ली डेयरडेभिल्सको रोजाइमा परेपछि नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने एकाएक चर्चाको शिखरमा पुगेका छन्। आन्तरिक कलह र विवादको घेरामा रहेको नेपाली क्रिकेट र राष्ट्रिय क्रिकेट टिमको खस्कँदै गएको स्तरका बीच नेपाली प्रतिभाले विश्व क्रिकेटको आकर्षक मञ्च आइपिएलमा स्थान बनाउन सक्नु नेपाली क्रिकेटको लागि ऐतिहासिक क्षण हो। अब यससँगै सन्दीपको सम्भाव्यताबारे विश्लेषण हुन थालेका छन्। 

१७ वर्षको कलिलो उमेरमै आइपिएलमा अनुबन्ध हुन सफल सन्दीपका सामु अवसरका साथै त्यसलाई सदुपयोग गर्नुपर्ने चुनौती पनि अगाडि आएका छन्।

छनोटको आधार
आइपिएलमा सन्दीपको छनोटबारे अनेक अड्कलबाजी भइरहेका छन्। तर दिल्ली डेयरडेभिल्सका आधिकारिक व्यक्तिहरुको भनाइ र सन्दर्भलाई विश्लेषण गर्दा छनोटको मुख्य आधार सन्दीपको प्रतिभा नै हो। अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कसँगको संयोगले उनको प्रतिभालाई उजागर गर्ने मञ्चको रुपमा हङकङको ब्लिट्ज टी–२० प्रतियोगिता कोसेढुंगा साबित भयो।

 

क्लार्कले उनलाई कुनै दया गरेर अस्ट्रेलियामा प्रशिक्षणको अवसर दिएका होइनन्। अस्ट्रेलियाको क्रिकेट संस्कार प्रतिभा र प्रदर्शनमा आधारित छ भन्ने कुरामा कुनै दुविधा छैन। लामो समय राष्ट्रिय टिमबाट खेलेका प्रख्यात क्रिकेटरहरुलाई समेत केही समय प्रदर्शन गर्न नसक्दा टिममा कुनै स्थान नदिने संस्कार अस्ट्रेलियाको छ। स्टिव वाँ, मार्क वाँ, ग्लेन म्याक्सवेल जस्ता होनहार क्रिकेटरले समेत नियमित प्रदर्शन गरी टिममा स्थान पक्का गर्नको लागि संघर्ष गरेको इतिहास छ। तसर्थ क्लार्कले सन्दीपमा निहित प्रतिभाको मूल्यांकन गरेर उनमा भएको असीमित प्रतिभालाई थप प्रस्फुटन गर्ने अवसर प्रदान गरेका हुन्, यसमा कुनै सन्देह लिनु हुँदैन।

आइपिएलमा अवसरको सम्भावना
आइपिएल टिममा स्थान बनाउन सन्दीपको लागि सबैभन्दा ठूलो चुनौती भारतीय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमै अब्बल प्रदर्शन गरिरहेका अमित मिश्रा हुनेछन्। तथापि  दिल्ली डेयरडेभिल्सका मुख्य प्रशिक्षक रिक्की पोन्टिङको सन्दीपप्रतिको चासो तथा नयाँ प्रयोग गर्ने र विद्रोही स्वभावका कप्तान गौतम गम्भीरको कारण सन्दीपले केही म्याचमा स्थान बनाउन सक्ने देखिन्छ। यति ठूला प्रतियोगिताहरुमा प्रतिभा भएका तर अनुभवको अभाव भएका क्रिकेटरलाई मौकाहरु बारम्बार प्राप्त हुँदैनन्। कुनै पनि प्राप्त मौकालाई सन्दीपले तत्काल सदुपयोग गरी थप अवसर सिर्जना गर्नुपर्ने हुन्छ। प्राप्त सीमित अवसरमा नै आफूलाई अब्बल दर्जाको लेग स्पिनरको रुपमा प्रमाणित गर्नुपर्ने बाध्यता सन्दीपसामु छ। यसका अतिरिक्त टी–२० क्रिकेटमा विकेट लिनु मात्र ठूलो मानिँदैन, विकेटबिना पनि अत्यन्त्य कम इकोनोमी वा कम खर्चिलो बलिङ गर्नु आवश्यक हुन्छ।

सन्दीपभन्दा २ वर्ष जेठा तर सन्दीपकै जस्तो लेग स्पिन र गुगलीमा प्रख्यात अफगानिस्तानका रसिद खानले विश्व क्रिकेटमा छोटो समयमै आफूलाई स्थापित गरिसकेका छन्। आइपिएलमा ९ करोडको राशीमा उनको अनुबन्ध हुनु यसको पछिल्लो प्रमाण हो। प्रशस्त सम्भावना भएर एसोसिएट राष्ट्रबाट मौका पाउनेमा अर्को नाम हो संयुक्त अरब इमिरेट्सका चिराग सुरी। तथापि उनले प्राप्त अवसरलाई सदुपयोग गर्न असफल रहे र हाल राष्ट्रिय टिममा पर्न समेत संघर्षरत छन्। तसर्थ सन्दीपको अबको बाटो उनलाई प्राप्त हुने अवसर र प्राप्त अवसरको सदुपयोगमा निर्भर रहन्छ।

दिल्ली डेयरडेभिल्सको नजर नामिबियामा अर्को सातादेखि हुन लागेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा समेत हुनेछ। सन्दीपले डिभिजन टु र तत्‌पश्चात हुने प्रतियोगिताहरु अनि आइपिएलको पूर्वाभ्यासको क्रममा हुने म्याच र नेट प्राक्टिसको क्रममा प्रभाव पार्नुपर्ने हुन्छ। त्यसले नै तय गर्नेछ सन्दीपको भविष्य कुन मार्गमा जानेछ भनेर।  उनलाई रसिद खानको स्टारडम प्राप्त हुनेछ या चिराग सुरीको जस्तो अस्तित्वको लागि पुन संघर्ष गर्नुपर्ने अवस्था आउँछ, यो भविष्यकै गर्भमा छ।

Ncell 2
Ncell 2
nimb
nimb

सुधारका क्षेत्रहरु
सबैभन्दा बढी ग्ल्यामर भएको टी–२० प्रतियोगिताहरुमा क्रिकेटरहरु बहुआयामिक हुनुपर्दछ। व्यावसायिक क्रिकेटमा अपेक्षाहरु अझ बढी हुन्छन्। ब्याटिङ वा बलिङको कुनै एक विधामा मात्र केन्द्रित क्रिकेटरहरुले उक्त विधामा म्याचको नतिजा परिवर्तन गर्न सक्ने उत्कृष्ट प्रदर्शन गर्न सक्नुपर्दछ। ब्याट्सम्यानहरुको तुलनामा बलरहरुमाथि प्रदर्शनको थप दबाब हुने गर्छ। हरेक टिमले पुछारका ब्याट्सम्यान  (बलरहरु) ले समेत आवश्यक परेको बेलामा केही रन लिन सकून् भन्ने अपेक्षा राखेका हुन्छन्। टी–२० म्याचहरुमा १०/१५ रनहरुको पनि अत्यन्तै महत्व हुने गर्दछ।

सन्दीपले बलिङका साथसाथै आवश्यक परेको बेलामा स्ट्राइक परिवर्तन गर्न सक्ने र बाउन्ड्री समेत प्रहार गर्न सक्ने क्षमता विकास गर्न सकेमा उनको महत्व थप बढ्नेछ र टिममा नियमित स्थान बनाउन सहायकप्रद हुन सक्छ। हाल आइपिएल खेलिरहेका अधिकांश बलरहरु ब्याटिङमा समेत योगदान गर्न सक्ने क्षमता राख्दछन्। सन्दीपले केही मात्रामा भए पनि यसतर्फ समेत ध्यान दिनुपर्ने देखिन्छ।

सम्भाव्यता
सन्दीपले आफ्नो फिटनेसलाई कायम राख्न सके अबको करिब दुई दशकसम्म सक्रिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सक्नेछन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गर्न सकेमा सायद उनले कहिल्यै पछाडि फर्केर हेर्नुपर्ने छैन। यससँगै अस्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको क्यारेवियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेशको ढाका प्रिमियर लिग, दक्षिण अफ्रिकाको टि-२० ग्लोबल लिग र इंग्ल्यान्डको काउण्टी क्रिकेट सम्मको यात्रा तय गर्न सहज हुनेछ। सन्दीपले आइपिएलमा यसपटक उपयुक्त मौका प्राप्त गर्न नसकेको अवस्थामा पनि हतोत्साहित हुनु हुँदैन। 

आइपिएलमा छनोट मात्र पनि सन्दीपको लागि ठूलो खुड्किलो पार गरेसरह हो। यसकै आधारमा भविष्यका आइपिएलका संस्करण र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत छनोट र अवसरको सम्भावना भने रहिरहन्छ। त्यसको लागि उनले निरन्तर राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो प्रभावशाली प्रदर्शनलाई कायम राख्न सक्नुपर्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली क्रिकेटमा आशाको दियो बनेर देखापरेका सन्दीप अहिले लाखौं युवाको प्रेरणाको स्रोत बनेका छन्। सन्दीपले देशभित्रको ख्यातिलाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन कत्तिको सफल हुन्छन्, नेपाली खेलप्रेमीहरुको सम्पूर्ण नजर आइपिएलतर्फ हुने निश्चित छ। 
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्