काठमाडौं– बजाजको डिस्कभरमा मोटरसाइकलमा ठगी गरेको उजुरीका आधारमा आपुर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नेपालका लागि बजाजको डिस्ट्रिब्यूटर हंसराज हुलास एण्ड कम्पनीमाथि छानबिन सुरु गरेको छ। बुधबार विभागका कर्मचारी कम्पनीमा पुगेर त्यससम्बन्धि विवरण माग गरेका हुन्।
२ वर्षसम्म इन्धन बाहेक सबै खर्च कम्पनीले नै बेहोर्ने भनेर बिज्ञापन गरेको र त्यसअनुसार सुविधा नदिएर ठगी गरेको उजुरीका आधारमा छानबिन थालिएको विभागका महानिर्देशक कुमार दाहालले बताए।
कम्पनीले २० प्रतिशत भन्दा धेरै नाफा लिएर बिक्रि गरेको समेत उजुरी परेकाले त्यसमा समेत छानबिन हुने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।