बेङ्लुरु (एजेन्सी)– तेलुगु फिल्म अभिनेता सम्राट रेड्डी चोरीको आरोपमा पक्राउ परेका छन्। उनी विरूद्ध चोरीको आरोप लगाउने अन्य कोही नभई उनकै श्रीमती हुन्। प्रहरीका अनुसार सम्राट केही समयदेखि आफ्नो श्रीमती हर्षिता रेड्डीलाई प्रताडित गरिरहेका थिए।
उनी विरूद्ध यो नै पहिलो मुद्दा होइन। यसअघि पनि घरेलु हिंसा र दाइजो मागको विषयमा उनी विरूद्ध मुद्धा परिसकेको छ। अहिले उनी विरूद्ध आफ्नै घरमा चोरी गरेको आरोप लागेको हो।
सम्राट र हर्षिताको बिहे २ वर्षअघि भएको थियो। तर, सम्राटको खराब व्यवहारका कारण उनीहरु अलग बस्दै आएका थिए। सम्राटले आफ्नो घरमा नभई श्रीमती बसिरहेको घरमा गएर चोरीको प्रयास गरेको बताइन्छ। हर्षिताले राजेन्द्रनगर पुलिस चौकीमा गएर आफ्नो लोग्नेविरूद्ध जनवरी २५ मा जाहेरी दायर गरेकी हुन्।
उनले घरमा सुटुक्क पसेर सिसिटिभीको क्यामेरा पनि तोडफोड गरेको आरोप लगाइन्। पुलिस रिपोर्टअनुसार सम्राटले दराजबाट बहुमूल्य गहना चोर्ने प्रयास गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।