काठमाडौँ – भारतका बाह्य मामिलामन्त्री श्रीमती सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा भोलि अपराह्न विशेष विमानबाट आउने भएकी छिन्।
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
साथै उनले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।