काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएको अवधिसम्म आर्थिक सहायता रकम उपलब्ध नगर्न/नगराउन सरकारलाई निर्देशन दिएको छ।
आयोग पदाधिकारीको बुधबार बसेको बैठकले आचारसंहिता लागू भएको अवधिसम्म आर्थिक सहायता नदिन अर्थ मन्त्रालय र सहायता रकम वितरण नगर्न/नगराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।
आयोगले आर्थिक सहायता वितरणको विवरण माग गर्न गृह र अर्थलाई पटक–पटक पत्राचार गरिएकोमा हालसम्म पनि सो विवरण प्राप्त हुन नसकेको समेत जनाएको छ। आयोगले विववरण पठाउन मुख्य सचिवलाई आग्रह गर्ने निर्णय गरेको छ।
राष्ट्रियसभा निर्वाचनका लागि आयोगले माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।