काठमाडौं- दरबारमार्गस्थित एक होटलमा भएको किशोरी बलात्कार घटनामा जोडिएका डिएसपी तिलक भारतीलाई हटाइएको छ।
घटनाको अनुसन्धानमा चलखेल गरेको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीमाथि छानबिन गरिएको थियो। भारतीलाई वृत्तबाट हटाएर थप छानबिनका लागि महानगरीय प्रहरी परिसर झिकाइएको एसपी रामदत्त जोशीले बताए।
बिहीबार दरबारमार्गको ल्याण्डमार्क होटलमा एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो। पीडित युवती उजुरी लिएर प्रहरीमा गए पनि प्रहरीले अनुसन्धान नगरी मिल्न दबाब दिएपछि उनीहरु अनुसन्धानमा तानिएका थिए।
घटनाबारे छानबिन गर्न महानगरीय प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
बिहीबार बेलुका ती युवती आफ्ना एक केटा साथीसँग कमलादीस्थित ल्याण्डमार्क होटलमा गएकोमा अन्य तीन जना युवाले मदिरा पिएर उनलाई बलात्कार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।