काठमाडौं– चैत ९ गतेको पदर्शन मिति तय गरेको फिल्म ‘शत्रुगते’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। ‘पिरतीको बर्को’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा रोमान्टिक भावमा प्रस्तुत भएका छन्।
ग्रामीण बोलीचालीका कुरा समेटेर अर्जुन भट्टराईले लेखेको गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वर छ। गीत नृत्यमा प्रविन सिंहले कोरियोग्राफी गरेका छन्।
'शत्रुगते'मा पल र आँचलका साथै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी लगायत कलाकारको प्रमुख भूमिका देख्न सकिनेछ।
मह सञ्चारको प्रस्तुती तथा किरण केसीको निर्माण रहेको ‘शत्रुगते’ लाई 'जात्रा' बाट डेब्यू गरेका निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा हरिवंश आचार्यको कथा तथा दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।