• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ को सरकार गठनमा संघीय फोरमको अनिच्छा, किन पर्खंदै छ एमाले–माओवादीको एकता? 

64x64
नेपाल लाइभ बुधबार, माघ १७, २०७४  १६:२३
1140x725

काठमाडौं– वाम गठबन्धनले प्रादेशिक सरकारमा सिट बाँडफाँट गरे लगत्तै राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर प्रदेश नम्बर २ को सरकार गठन गर्न छलफलको प्रस्ताव राखेका थिए। तर, फोरम अध्यक्ष यादव प्रादेशिक सरकार गठन गर्न राजपाले देखाएको चासोलाई बेवास्ता गर्दै गृहजिल्लाको भ्रमणमा निस्किए। पार्टी स्रोत अनुसार यादव अब केही दिन जिल्लामै रहनेछन्। 

अन्य प्रदेशमा मुख्यमन्त्रीको दौड पेचिलो बन्दा प्रदेश २ मा सरकार गठनको छलफल शून्यप्रायः देखिएको छ। फोरमले मुख्यमन्त्रीको दाबी गरेको यो प्रदेशको सरकार गठनमा अहिलेसम्म अनौपचारिक गृहकार्य समेत सुरु भएको छैन। प्रदेशसभाको पहिलो बैठक माघ २१ गते आह्वान गरिए पनि तत्काल सरकार गठनको गृहकार्यमा फोरमले देखाएको अनिच्छालाई संघीय सरकारमा सामेल हुने यादवको दाउको रुपमा राजपा नेताहरुले बुझेका छन्। 

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको नतिजाले फोरम अध्यक्ष यादव यतिबेला राजनीतिक अंकगणितमा केन्द्रित छन्। वाम गठबन्धनबीच हुने भनिएको पार्टी एकताको कोर्समा केही गडबडी निस्किए सत्ता राजनीतिको केन्द्रमा यादव हुनेछन्। एकीकृत पार्टीको नेतृत्वको विषयमा वाम गठबन्धनका शीर्ष नेताबीच मतभेद देखिएको छ। पार्टी एकता प्रक्रियामा रहेका दुवै पक्षका नेताले अत्यधिक बार्गेनिङ गरिरहेको घटनाबारे यादव राम्रैसँग जानकार छन्। एमाले र माओवादीबीच हुने भनिएको पार्टी एकताको चासो वाम गठबन्धनका नेता कार्यकर्तालाई मात्र छैन, यादव समेत त्यसकै प्रतीक्षामा छन्।

वाम गठबन्धनले एकताको स्वरुप लिए पनि संविधान संशोधनका केही बुँदामा सहमति गराएर संघीय सरकारमा जान सकिने विकल्प उनले देखेका छन्। 

प्रदेश सरकार गठनको तयारीबारे प्रश्न गर्दा यादव पनि वाम एकताको अवस्था हेरेर अगाडि बढ्ने बताउँछन्। सबैको सहयोगमा सरकार गठन गर्ने तयारी भएकाले अन्य दलसँग छलफल सुरु हुन नसकेको उनको भनाइ छ।

‘प्रादेशिक सरकार गठनमा छलफल गर्न ढिलाइ त भएको छैन, दुई नम्बरको प्रदेशसभा बैठक २१ गतेपछि छलफल प्रारम्भ हुन्छ’, यादवले नेपाल लाइभसँग भने, ‘सबैलाई लिएर अगाडि जाऔं भन्ने सोचमा हामी छौं, कसरी अगाडि बढ्ने भन्ने कुरा वाम गठबन्धनको एकतामा निर्भर हुन्छ।’

संविधान संशोधनको माग वाम गठबन्धनले सम्बोधन गरिदिए नयाँ सरकारमा जान फोरम सहमत रहेको यादवले बताए। 

‘मुद्दामा सम्बोधन भए साझेदारी गर्न सकिन्छ’, यादव भन्छन, ‘संविधान संशोधनमा सहमति गरे केन्द्रीय सरकारमा आउन सक्छांै। वाम गठबन्धनले के गर्छ भन्ने विषय अहिले महत्वपूर्ण छ।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा फोरमले राजपासँग गठबन्धन गरेर चुनाव लडेको थियो। प्रदेशसभाको ठूलो दलले मुख्यमन्त्री र अर्को दलले सभामुख पाउने समझदारी शीर्ष नेताबीच बनेको थियो। सोही सहमतिअनुसार अगाडि बढ्न राजपा तयार भए पनि फोरम भने वाम एकताको राजनीतिक कोर्स पर्खेर बसेको छ। 

फोरम नेता राजेन्द्र श्रेष्ठ प्रदेशमा बलियो सरकार बनाउने लक्ष्यका साथ कांग्रेस र वाम गठबन्धनसँग छलफल चलिरहेको बताए। उनले संविधान संशोधनमा वाम गठबन्धन सकारात्मक भए प्रदेश मात्र नभएर संघीय सरकारमा समेत मधेसी दलले सहकार्य गर्न तयार रहेको खुलाए। 

‘प्रदेश २ को मुख्यमन्त्रीमा हाम्रो दाबी हो, प्रदेशमा बलियो सरकार बनाउन कांग्रेस र वाममध्ये एकलाई समेटेर जाने लक्ष्य छ’, श्रेष्ठले भने, ‘राजपा त छँदै छ, दुईमध्ये एकलाई समेटेर हामीले सरकार बनाउनेछौं।’

संविधान संशोधनमा मधेसी दललाई ठूलो भर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छ। संविधान संशोधनमा कांग्रेसलाई समेत सहमत गराएका माओवादी अध्यक्ष दाहाल यतिबेला वाम गठबन्धनको एकता प्रक्रियामा अग्रसरता लिइरहेका छन्। फोरम नेता श्रेष्ठ संशोधनको मुद्दामा एकीकृत पार्टीभित्र दाहालले खेल्ने भूमिकाले मधेसी दल र वाम गठबन्धनको सम्बन्ध अगाडी बढ्ने बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘संविधान संशोधनमा माओवादीले पुलको काम गरेको छ। कांग्रेसलाई मनाउने माओवादी नै हो, एमालेलाई समेत सहमत गराउन माओवादीले गृहकार्य गरिरहेको हुनाले हामीले प्रतीक्षा गरिरहेका छौं’, श्रेष्ठ भन्छन् ‘वाम गठबन्धनमा माओवादी केन्द्र सामेल नभए सायद यो कुरा अगाडि बढ्दैन थियो।’

प्रदेश सरकार गठनमा यादवले देखाएको बेवास्ताले राजपा सशंकित छ। प्रदेशसभामा फोरमका केही उम्मेदवारले एक र पाँच नम्बर प्रदेशमा समेत जितेका छन्। 

राजपाका एक नेता भन्छन्, ‘प्रदेश २ मा मात्र नभएर अन्य प्रदेशमा समेत वाम गठबन्धनसँग मिलेर फोरम अध्यक्ष यादवले सरकार बनाउन खोजिरहेको देखिन्छ। राजपालाई माइनस गर्ने सोच फोरमले लिए त्यो स्वयं यादवका लागि समेत प्रत्युत्पादक हुनेछ।’ 

फोरम अध्यक्ष यादव भने राजपासहितको प्रदेश सरकार बन्ने दाबी गर्छन्। 

‘हामीले एकै गठबन्धन बनाएर चुनाव लडेका हौं’, उनी भन्छन् ‘हामी भनेकै राजपा र फोरम हो, राजपासँगको छलफल अनुसार नै हामी अगाडि बढ्नेछौं।’

दुई नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक माघ २१ गते आह्वान गरिएको छ। सो बैठकको मुख्य एजेन्डा नै मुख्यमन्त्रीको चयन रहने निश्चित छ। प्रदेशसभाको नतिजा सार्वजनिक भएको ३० दिनभित्र सरकार गठन गर्नुपर्ने संविधानमा स्पष्ट व्यवस्था छ। बहुमत नभएको खण्डमा ठूलो दलले सरकारमा नेतृत्व गर्ने र ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था संविधानले गरेको छ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १६:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
हरिशरणले सिकाए रविलाई राजनीति !
सम्बन्धित सामग्री
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्